काठमाडौं- यातायात व्यवस्था विभागले अत्यावश्यक सेवाका लागि २४ घन्टामै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउने भएको छ।
विभागले नेपालबाट विदेश जाने, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीबाट मिसनमा जाने तथा अन्यको हकमा अत्यावश्यक भनी कार्यालयबाट लेखिआएको पत्रको आधारमा छिटो स्मार्ट लाइसेन्स प्रिन्ट गरी पाउँ’ भनी निवेदन माग भइ आएमा निवेदन दिएको भोलिपल्टै प्रदान गरिने भन्दै सूचना प्रकाशन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।