काठमाडौं- लगातार घट्दै आएको सेयर बजार आज भने सामान्य अङ्कले वृद्धि भई थामिएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ३.८७ विन्दुले बढेर एक हजार १३८.६७ विन्दुमा पुगेको छ।
यस्तै ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९५ विन्दुले बढेर २४२.२५ विन्दुमा पुगेको छ।
स्टकका अनुसार कूल १६९ कम्पनीको नौ लाख २९ हजार २१७ कित्ता सेयर रु २४ करोड २६ लाख ५९ हजार ५१५ मूल्यमा खरीद बिक्री भएका छन्। कारोबार भएका १० उपसमूहमध्ये आज चार उपसमूहको सेयर भने घटेको छ। ६ वटा उपसमूहको सेयर भने बढेको छ। जलविद्युत् १.७६, वित्त २.१४, उत्पादन २३.७९ र अन्य उपसमूह ३.९७ विन्दुले घटेको छ।
यस्तै बैंकिङ ४.७३, होटल ८.५४, विकास बैंक १०.२५, निर्जीवन बीमा ४२.७५, लघुवित्त ५.८७ र जीवन बीमा ५०.३ विन्दुले बढेको छ। स्टकका अनुसार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.८६ प्रतिशतले कमाएका छन्। नेपाल हाइड्रो डेभलपर्स ३.२५, रिडी हाइड्रो पावर ३.२३, आरम्भ लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३.२२ प्रतिशतले कमाएका छन्।
यस्तै युनिभर्सल पावर कम्पनीका सेयरधनीले १० प्रतिशतले गुमाएका छन्। यस्तै शिवम् सिमेन्ट ९.८०, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था ५.९२, ग्लोबल आइएमइ समुन्नत स्किम एकका सेयरधनीले ३.८९ प्रतिशतले गुमाएका छन्।
कारोवारका आधारमा मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर रु दुई करोड आठ लाख, नागरिक लगानी कोष रु एक करोड १२ लाख २९ हजार ८२, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु ८८ लाख ६४ हजार ४९८, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु ८४ लाख ३६ हजार २५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ८२ लाख ८२ हजार ७५६ कारोवार भई शीर्ष स्थानमा रहेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।