उदयपुर, गाईघाट- उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना१ज ३४०४ नंको सुमो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।
आज दिउँसो २ बजे कटारी नगरपालिका–११ मा सो दुर्घटना भएको हो। जिप कटारी–११को खाँडी भन्ने ठाउँमा सडकबाट ४०० मिटर तल खसेको थियो।
दुर्घटनामा जिपमा रहेका अन्य ६ जना अझै नभेटिएको इलाका प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताए।
प्रहरी घटनास्थलतर्फ गइसकेकाले घटनाको थप विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।