काठमाडौं- दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न १७ राष्ट्रिय गौरवका आयोजना पन्ध्रौ योजना अवधिभित्रै सम्पन्न हुन आवश्यक रहेको राष्ट्रिय योजना आयोगले जनाएको छ।
राष्ट्रिय योजना आयोगले सिक्टा सिंचाइ आयोजना, बबई सिंचाइ आयोजना, रानी जमरा कुलरिया सिंचाइ आयोजना र भेरी बबई डाइभर्सन बुहउद्देशीय आयोजनाको काम पन्ध्रौ योजना अवधिसम्म सम्पन्न हुनु पर्ने लक्ष्य अगाडि सारेको छ।
यसैगरी, आयोगले गौतबुद्ध अन्तर्राष्ट्रि विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं तराई मधेश द्रुत मार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग र कोशी लोकमार्गको काम पनि सम्पन्न हुन आवश्यक रहेको जनाएको छ।
साथै कालीगन्डकी कोरिडोर, कर्णाली कोरिडोर, हुलाकी लोकमार्ग, मेलम्ची खानेपानी, माथिल्लो तामाकोशी जलविद्युत, लुम्बिनी विकास कोष र विद्युत प्रसार आयोजनको काम सम्मपन्न हुन आवश्यक रहेको योजना आयोगको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।