गुल्मी- गुल्मीमा माइक्रोबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।
बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको बा४ख ५५०१ नम्बरको माइक्रो गुल्मीदरबार गाउँपालिका वडा नं ४ मा दुर्घटना भएको हो।
दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए। बुटवलबाट १३ जना यात्रु लिएर उक्त माइक्रोबस तम्घास आएको थियो।
दुर्घटनमा मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन। प्रहरी र स्थानीयवासी उद्धार कार्यमा जुटिरहेको प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले जानकारी दिए। 'घाइतेको अवस्था हेरेर प्रहरीलाई पाल्पा पठाउन भनिएको छ,' उनले भने।
दुर्घटनाको कारण खुल्न सकेको छैन। गाडीमा चालकसहित १५ जना रहेकामा अन्य दुई जना बेपत्ता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।