काठमाडौं- चैत १५ र १६ गते हुन लागेको लनानी सम्मेलनका लागि विभिन्न ३८ देशबाट ७ सयभन्दा बढी विकास साझेदारहरु सहभागी हुने अपेक्षा राखिएको छ भने ४ दर्जन बढी व्यक्तिहरु वक्ताको रुपमा नै सम्मेलनमा उपस्थित हुनेछन्।
उद्घाटन सत्र
म्यानमारका (इन्भेस्टमेन्टल एन्ड फरेन इकोनोमिक रिलेसन) लगानी तथा वैदेशीक आर्थिक सम्बन्धी मन्त्री यु थङ टन, विश्व बैंकका उपाध्यक्ष (भाइस प्रेसिडेन्ट) हार्टविग सेफर, एसियाली विकास बैंकका उपाध्यक्ष सीजेन चेन, मेनहार्ड ग्रुपका कार्यकारी अध्यक्ष साजिद नासिम, मटहूट ग्रुपका अध्यक्ष एमजी जर्ज मटहूट उद्घाटन सत्रमा वक्ताका रुपमा रहेका छन्।
उद्घाटन सत्रमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा युवराज खतिवडा, र लगानी बोर्डका प्रमुक कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्बोधन गर्नेछन्।
नेपालमा लगानीको अवसर
नेपालमा लगानीको अवसर नाम दिइएको पहिलो सत्रमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राजश्व सचिव लालशंकर घिमिरे र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य वक्ताका रुपमा रहेका छन्। यस सत्रका लागि विदेशी वक्ता छैनन्।
आर्थिक परिवर्तनका लागि ऊर्जा उत्पादन
पावर चाइनाका प्रबन्ध निर्देशक सोङ डोङसेङ यस सत्रका एक मात्र विदेशी वक्ता हुन्। नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, ऊर्जा मन्त्रालयका सिडिई सागरराज गौतम, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, विद्युत नियमन आयोगका सचिव सनोजकुमार झा र हाइड्रो सोलुसनका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान वक्ताका रुपमा रहेका छन्।
सूचना तथा सञ्चार प्रविधि
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले अध्यक्षता गर्ने यस सत्रमा अमेजन इन्टरनेट सर्भिस प्राइभेट लिमिटेडका प्रमुख चन्द्र बलानी, सुमिटोमो प्रबन्ध निर्देशक मासाहिरो मियासिता, माइक्रोसफ्ट एसिया प्यासिफिकका प्रबन्ध निर्देशक सोनिया बासिर कबिर वक्ता रहेका छन्।
पर्यटनः मनोरञ्जन तथा धार्मिक पर्यटनका लागि गन्तव्य विकास
मकाउ विश्व विद्यालयका प्रोफेसर ग्लेन एमसीकाट्रनी, सिल्भर हेरिटेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभर, र कतार एयरवेजका कन्ट्री मेनेजर मोहम्मल ईल ईमाम यस सत्रका लागि विदेशी वक्ताका रुपमा रहेका छन्।
उद्योगः औद्योगिक आधार निर्माण र रोजगारी सिर्जना
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले अध्यक्षता गर्ने यस सत्रमा होङ्सी सिमेन्टका उपाध्यक्ष जु गेङ वक्ताका रुपमा छन्।
यातायात पूर्वाधारः दिगो यातायात पूर्वाधार निर्माण
भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठले अध्यक्षता गर्ने यस सत्रका लागि जर्मन इन्भेस्मेन्ट एन्ड डेभलमेन्ट कम्पनीका डाइरेक्टर एन्द्रेस क्रेमर, विश्व बैंकका लिड ट्रान्सपोर्ड स्पेसलिस्ट आर्नब बान्ड्योपाध्याय, कोडा (सिओडिए) का सेक्रेटरी जेनेरल हि जेनविई, सर्राफ ग्रुपका प्रबन्ध निर्देशक सलाह सर्राफ, चाइना रेलवे इन्टरनेसनल ग्रुपका डिरेक्टर जेनेरल मेनेजर वाङ लिजी, रहेका छन्।
कृषि तथा बनजन्य उत्पादनः मुख्य शृंखलामा आधारित अवसरहरुको खोजी
कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले अध्यक्षता गर्ने यस सत्रका लागि डाबर इन्डिया ग्रुपका सार्क क्षेत्रीय बिजनेस हेड हर्किरात सिंह बेदी, हेस्टर बायोसाइन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजीव गान्धी, नेस्ट्ले इन्डिया लिमिटेडका वरिष्ठ उपाध्यक्ष सन्जय खजुरिया, र चीनको ग्वाङडोङ प्रदेश एसोसियसन अफ चाइनिज हर्बल मेडिसिनका महासचिव वान बाइगेङ वक्ताका रुपमा रहेका छन्।
नेपालमा लगानीः अनुभव आदान–प्रदान
एसियाली विकास बैंकका उपाध्यक्ष सीजिन चेन, स्टाण्डर्ड चार्टर्ड बैंकका आसियन क्षेत्र हेर्ने प्रमुख कार्यकारी अधिकृत निरुक्त साप्रु विदेशी वक्ताका रुपमा सहभागी छन् भने नेपालका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, युनीलिभर नेपालका प्रबन्ध निर्देशक आशिष राई, एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतो, नेपाल इन्फ्राइन्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत अनुज अग्रवाल लगायतले आफ्नो अनुभव साट्नेछन्।
अन्तराष्ट्रिय क्षेत्रको अनुभव साटासाटका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषका उपाध्यक्ष हान्स पिटर लाङ्केस, संयुक्त अरब इमिरेट्सको अर्थ मन्त्रालयका उपसचिव अब्लुल्लाह अल सलाह, इन्भेस्ट इण्डियाका प्रमुख कार्यकारी अधिकृत दीपक बाग्ला, दक्षिण अफ्रिकाको उद्योग तथा व्यापार विभागका महानिर्देशक तथा नेपालका लागि राजदूत सादिक जाफेर, मलेसियन इन्भेस्टमेन्ट डेभलपमेन्ट अथोरिटीका कार्यकारी निर्देशक शिवसूर्यमुर्ती सुन्दरा राजा, र संयुक्त राज्य अमेरिको फिच ग्रुपका एसिया प्यासिफिक प्रमुख स्टेफन सेवार्ज रहनेछन्।
पूर्वाधारका लागि वित्त
मल्टिल्याटरल इन्भेस्टमेन्ट ग्यारेन्टी एजेन्सीका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केईको होण्डा, एसियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैंकका प्रबन्ध निर्देशक डोङ ली, अल्लिनाज इन्भेस्टमेन्ट मेनेजमेन्टका उपाध्यक्ष एलिक पेफर, एफएमओका एसिया प्रमुख गीर्ट फीजनर, ग्यारेन्टकोका दक्षिण एसिया क्षेत्रिय निर्देशक निशान्त कुमार, एक्जिम बैंक भारतका प्रबन्ध निर्देशक स्यामुअल जोसेफ, सिडिसी इण्डियाका दक्षिण एसिया प्रमुख श्रिनी नागाराजन, र बिड (बिइइडी) मेनेजमेन्टका प्रमुख कार्यकारी अधिकृत वक्ताका रुपमा रहेका छन्।
समापन समारोह
नेपालका तर्फबाट चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र एनआरएन अध्यक्ष वक्ता रहने समापन समारोहमा स्काई पावरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केरी एड्लर र टर्कीको मोबाइल निर्माता कम्पनी टर्कसेलका प्रमुख कार्यकारी अधिकृत कान टेर्जिग्लु रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।