काठमाडौं- चैत १५ र १६ गते काठमाडौंमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनका लागि नेपाली र नेपालभित्र बोलिने भाषाका चलचित्रमा बाहेक आइसिटीका अन्य सबै क्षेत्रमा विदेशी लगानी ल्याउन सकिने लगानी बोर्डले जनाएको छ।
नेपालको विदेशी लगानी सम्बन्धी नीतिले टेलिकम्युनिकेसनका क्षेत्रमा ८० प्रतिशतसम्म र सूचना प्रविधि (आइटी) क्षेत्रमा शतप्रतिशतसम्म विदेशी लगानी भित्र्याउन सक्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार विदेशी लगानीकर्ताले सूचना प्रविधिका सबै क्षेत्रमा लगानी गर्न सक्नेछन्।
सूचना प्रविधिका क्षेत्रमा विदेशी लगानी भित्र्याउन सकिने मुख्य क्षेत्रहरुमा बिजनेस प्रोसेस आउटसोर्सिङ (बिपिओ), सफ्टवेयर विकास, एप विकास, इन्टरनेट सेवा प्रदायक कम्पनी, अनलाइन भुक्तानी प्रणाली सम्बन्धी पूर्वाधार र डाटा सेन्टर रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।