काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने दाेस्राे लगानी सम्मेलनको तयारीमा जुट्न सरोकारवालालाई निर्देशन दिएका छन्।
आज बसेको उद्योग वाणिज्य प्रवर्द्धन परिषद्काे दोस्रो बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले विदेशबाट आउने अतिथिहरुलाई व्यवस्थित बास, सुरक्षा र अन्य प्रवन्ध मिलाउन निर्देशन दिए।
प्रधानमन्त्री ओलीले केही तत्वहरुले देशमा अस्थिरता मच्चाउन प्रयास गरेको भए पनि सरकारले त्यसलाई नियन्त्रण गर्ने बताए।
'गणतन्त्र आएको छ, संघीयता आएको छ, आवधिक चुनाव भएको छ', उनले भने, 'अब के चाहिएको हो? चन्दा संकलन र लुटपाट गर्न खुला छोडिदिनु पर्ने? तर, त्यस्तो हुँदैन। सरकार यस्ता गतिविधि नियन्त्रण गर्न कानुन अनुसार अघि बढ्छ।'
बैठकमा परिषद्का तर्फबाट सुरज वैद्यले सम्मेलनको तयारीको बारेमा जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।