काठमाडौं- चैत १५ र १६ गते काठमाडौंमा हुन गइरहेको ‘नेपाल लगानी सम्मेलन–२०१९’ का लागि सरकारले ३ खर्ब ८७ अर्ब ५३ करोड रुपैयाँ लागत बराबरका ८ वटा आयोजनाहरुलाई समावेश गरेको छ।
८ वटा आयोजनामध्ये एउटा रासायनिक मल कारखाना समेटिएको छ भने बाँकी सबै कृषि पूर्वाधारका रुपमा अत्याधुनिक भण्डारण गृह र प्रशोधन केन्द्रहरु निर्माण गर्नुपर्ने आयोजना समेटिएका छन्।
एकीकृत कृषि पूर्वाधार आयोजनाका रुपमा विभिन्न जिल्लाका लागि तय भएका यी आयोजनाको मुख्य उद्देश्य कोल्ड स्टोर स्थापना र प्रोसेसिङ सेन्टरहरु निर्माण गर्नु हो। जसबाट तरकारी, फलफुल तथा अन्य खाद्यवस्तु भण्डारण सँगसँगै प्रशोधन कार्यका लागि पनि प्लान्टहरु निर्माण हुनेछन्।
लगानी सम्मेलनका लागि कृषि क्षेत्रबाट समेटिएका आयोजनाः
वीरेन्द्रनगर कृषि पूर्वाधार– ३४ अर्ब ६५ करोड रुपैयाँ
कृषि पूर्वाधार (बनेपा र चितवन) – ४८ अर्ब ७३ करोड रुपैयाँ
कृषि पूर्वाधार पर्सागढी– ६७ अर्ब १० करोड रुपैयाँ
तिलोतमा कृषि पूर्वाधार– ७२ अर्ब ५ करोड रुपैयाँ
उर्लावारी कृषि पूर्वाधार– ५९ अर्ब ९४ करोड रुपैयाँ
गोदावरी कृषि पूर्वाधार– ३४ अर्ब ५४ करोड रुपैयाँ
रासायनिक मल कारखाना– ७ अर्ब १५ करोड रुपैयाँ
हेम्जा कृषि पूर्वाधार– ६१ अर्ब ९२ करोड रुपैयाँ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।