काठमाडौं- चालु आर्थिक वर्ष २०७५/०७६ को साउन मसान्तदेखि फागुन मसान्तसम्म रोजगारीका लागि विश्वका विभिन्न देश जाने युवाको संख्या ३ लाख ३२ हजारभन्दा बढी भएको छ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आवको ८ महिनामा म्यानपावरमार्फत, व्यक्तिगततर्फ (नयाँ र वैधानिकरण) र बिदामा नेपाल आई पुनः वैदेशिक रोजगारीमा जानेका लागि अन्तिम श्रम स्विकृति लिनेको संख्या ३ लाख ३२ हजार ४ सय ८६ रहेको छ।
नयाँ कामका लागि म्यानपावर र व्यक्तिगत भिसामा विदेश जाने कामदारको संख्या भन्दा बिदामा नेपाल आई पुनः उही देश फर्कनेको संख्या बढी छ।
विभागका अनुसार चालु आवको साउन मसान्तदेखि फागुन मसान्तसम्ममा नयाँ कामको खोजीका वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न देश जाने कामदारको संख्या एक लाख ५१ हजार १ सय ९९ मात्र छ। तर, बिदामा नेपाल आई पुनः रोजगारीकै लागि विदेश फर्कने कामदारको संख्या भने १ लाख ८० हजार ४ सय ८७ रहेको छ।
कुन महिना कति?
फागुन–४४,६८८
माघ–४१,५६०
पुस–४८,७१३
मंसिर–५०,१६८
कात्तिक–३६,२४३
असोज–४२,५६३
भदौ–३१,४८८
साउन–३६,०६३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।