काठमाडौं- सरकारले जापानमा नेपाली कामदार पठाउने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्ने भएको छ।
मन्त्रिपरिषदको बैठकले नेपाल र जापान सरकारबीच 'मेमोरेन्डम अफ को-अपरेसन'मा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई अख्तियारी प्रदान गर्ने निर्णय सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।
केही समयअघि नेपालको भ्रमणमा आएका जापानी विदेशमन्त्री तारो कोनो र नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्को द्विपक्षीय वार्ताका क्रममा सहमति पत्रमा हस्ताक्षर गर्ने सहमति भएको थियो।
सहमतिमा जापानमा नेपाली कामदार पठाउने विषयमा छलफल भएको थियो।
चैत ४ गते सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने जिम्मेवारी श्रम सचिवलाई दिने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।