लहान- उच्चस्तरीय प्रशासन सुधार आयोगका अध्यक्ष काशीराज दाहालले उदयपुर, सिन्धुली, सिरहा र धनुषाको संगमस्थल चिसापानीस्थित कमला नदीमा निर्मित झोलुंगे पुलको आइतबार साँझ उद्घाटन गरेका छन्।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार तथा कृषि सडक विभागको करिब रु तीन करोडको सहयोगमा निर्माण भएको उक्त पुलको उद्घाटन गर्दै अध्यक्ष दाहालले पुल निर्माणपश्चात् सर्वसाधारणलाई आवतजावतमा सहज भएको बताए।
करिब ४ सय मिटर लम्बाइ रहेको सो पुल निर्माणपछि त्यस क्षेत्रका जनतालाई दैनिक आवजजावतका साथै बिरामीलाई तत्काल अस्पतालसम्म पुर्याउन सहज भएको स्थानीयले बताएका छन्।
पुल निर्माणपछि कृषकलाई आफ्नो खेतबारीमा उत्पादन भएका खाद्यान्न तथा तरकारीलाई बजारसम्म पुर्याउन सजिलो हुनुका साथै कमला उत्तरायण तीर्थस्थलका नामले ख्याति कमाएको त्यस क्षेत्रमा धार्मिक पर्यटकको संख्या निकै बढने विश्वास गरिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।