बैतडी- बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बेलुका एक घन्टाकाे फरकमा लगातार दुई पटक भूकम्पको धक्का महसुस गरिएको हो।
बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
दुबै भूकम्पको केन्द्रबिन्दु भारत र चीनको सीमाआसपास लिपुलेक नजिक रहेको केन्द्रका सूचना अधिकारी नवीन विश्वकर्माले जानकारी दिए।
गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात् सुदूरपश्चिममा पनि बेला-बेलामा भूकम्पको पराकम्पन जाने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।