विराटनगर– सामुदायिक वनमा लागेको डढेलो गाउँ पसेर तेह्रथुममा एक जनाको घर आगलागी भएको छ।
फेदाप गाउँपालिका–३, जलजलेस्थित मार्से सामुदायिक जंगलमा लागेको आगोले स्थानीय डोलेश्वर ढुंगानाको घर जलेको हो। आगलागीमा १६ लाख ८१ हजार मूल्य बराबरको क्षति भएको छ।
आगलागीबाट अन्नपात, लत्ताकपडा, भाडावर्तन र काठपातसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुम, प्रहरी चौकी पोक्लावाङ, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।