काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारीमाथि सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
अनुसन्धान भइरहेको मुद्दा तामेलीमा राखीदिने भनी सेवाग्राहीबाट एक लाख घुस लिएपछि आयोगको कार्यालय टंगालको टोलीले उनलाई पक्राउ गरेको थियो।
अधिकारीले आयोगमा विचाराधीन अवस्थामा रहेको बाटो ग्राभेल गर्दा अनियमितता गरेको सम्बन्धमा परेको उजुरीमा सहजीकरण गरिदने भनी सेवाग्राहीसँग एक लाख घुस मागेको प्रमाण फेला परेको आयोगका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।