डडेल्धुरा- डडेल्धुराको गन्याधुरा गाउँपालिका–३ गुयलखेतमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा डोटीको सायल गाउँपालिकाका २६ वर्षीय गणेश साउद रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा नौ जना घाइते भएका छन्। डोटी खतिवडाका ५७ बर्षीय कैल्या ढोलीको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ।
सामान्य घाइते हुनेमा दिपायल सिलगढी नगरपालिकाका ५० वर्षीया कला दमाई, ३७ वर्षीया लक्ष्मी नेपाली दमाई, शिखर नगरपालिका–११ का ६२ वर्षीय जय दमाई उनकी श्रीमती ४५ वर्षीया विस्ना दमाई र उनका छोरा ३ वर्षीय उद्यव दमाई, बारबाटा डोटीका ४० वर्षीय राजु नेपाली रहेका छन्।
यस्तै डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५का ६२ वर्षीय ईश्वर सिं टमटा र कैलालीको जानकी गाउँपालिका–२ का वीरबहादुर रोक्का मगर रहेको जिल्ला प्रहरी कार्यलय डडेल्धुराका प्रहरी नायव उपरिक्षक डम्बरबहादुर केसीले जानकारी दिए।
घाइते सबैको डडेल्धुरास्थित डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। चालक विनय बोहरा र गाडीधनी देवसिंह भाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दिपालय सिलगढीबाट धनगढी जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको माइक्रो आज बिहान १०ः३० बजेतिर दुर्घटनामा परेको हो।
यात्रु भर्नका लागि रोकिएको अवस्थामा अचानक ‘ब्याक’ गएर झाडीमा पसेको प्रहरीले जानकारी दिएको छ। डडेल्धुराको केआइसिंह राजमार्ग अन्तर्गत भएको उक्त दुर्घटनामा माइक्रो सडकभन्दा ३५ मिटर तल खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।