एजेन्सी- धेरैले फलामको भाँडामा खाना बनाउँछन् । जुन हाम्रो परम्पराको एउटा अंश पनि हो । सामान्य नजरले पनि यसलाई राम्रो मानिन्छ । यति मात्रै होइन, यससँग जोडिएका केही स्वास्थ्यका लागि लाभदायक कारण पनि छन् । जब हामी फलामको भाँडामा खाना बनाउँछौँ, यसको केही अंश हाम्रो खानामा मिसिएर शरीरमा पुग्छ ।
जसले रगतमा हेमोग्लाबिनको मात्रा बढाउँछ जसले गर्दा एनेमिया (रक्तअल्पता)जस्ता समस्या आउनबाट जोगाँउछ । पालक र टमाटर जस्ता आइरन भएको तरकारी जब फलामको भाँडामा पकाइन्छ । यीनमा पोषकतत्वको मात्रामा वृद्धि हुन्छ । आजकाल धेरैले खाना राम्रो देखाउनका लागि एल्युमिनियमका भाँडाको प्रयोग गर्छन् । तर, लामो समयसम्म यस्ता भाँडामा खाना बनाएर खानाले अपच, पाचन प्रणालीको कार्यक्षमतामा कमी आउने जस्ता समस्या उत्पन्न हुनसक्ने विभिन्न अध्ययनले देखाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।