नवलपरासी- नवलपरासीको रामग्राम– १७ पिप्रैयामा आइतबार साँझ ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार रामग्राम– १७ पिप्रैयामा खेत जोतेर फर्किने क्रममा भे१त ४०६६ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भएर पल्टिएको थियो। दुर्घटनामा रामग्राम– १७ पिप्रैयाका ४० वर्षीय मोहन चौधरीको घटनास्थलमै मृत्यु भएको हो। मृतक चौधरीको शव परीक्षणका लागि परासी ल्याइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।