काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको भेजाइनल स्वाबमा भएको डिएनए परीक्षणका लागि विदेश पठाउने तयारी गरिएपनि विदेशी प्रयोगशालाले परीक्षण गर्न नमानेको बताइएको छ।
पछिल्लो समयय डिएनको वैधानिकतामै प्रश्न उठ्न थालेपछि नेपाल प्रहरीले उक्त स्वाब नै जाँचका लागि विदेश पठाउने तयारी गरेको थियो।
यसका लागि अमेरिका र जापानसँग नेपाल प्रहरीले कुरा समेत गरेको थियो। तर दुबै देशका प्रयोगशालाले उक्त डिएनए परीक्षण गर्न नमानेको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
विदेशी प्रयोगशालाले स्वाब पर्याप्त नभएको परीक्ष्ण गर्न नमानेको स्रोतले बतायो।
स्वाब निकाल्ने बेलामा नै गलत प्रक्रिया अपनाएको र त्यसपछि परीक्षण गर्ने क्रममा समेत लापरबाही गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले गठन गरेको टोलीले समेत निष्कर्ष निकालेको थियो।
डिएनएको वैधानिकतामा प्रश्न उठेपछि प्रहरीले निर्मलाको डिएनए परीक्षण गर्न विदेशी प्रयोगशाला पठाउने तयारीको गरेको थियो। अन्तत प्रहरीको यो प्रयास पनि असफल भएको छ।
स्वाब पर्याप्त नएभको बताए पनि डिएनए परीक्षण गर्न नमान्नुको खास कारण भने प्रहरीले खुलाउन चाहेन।
साउन १० गते साथीको रोशनी बमको घरमा गएकी बालिका पन्त भोलिपल्ट साउन ११ गते नजिकैको उखुबारीमा मृत भेटिएकी थिइन्।
बलात्कारपछि हत्या भएको ७ महिना बित्न लाग्दा समेत उनको हत्यारा पत्ता लाग्न सकेको छैन।
प्रहरी बयानमा अभियुक्त भनिएकाहरुले हत्या र बलात्कार स्विकार गर्नु तर डिएनए नमिल्नुले निर्मला हत्या काण्ड झनै रहस्यमय बन्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।