• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

हामी काम गर्न आएका हौं, मन्त्रिपरिषद् हेरफेर हुन्छ भनेर भावुक हुनु आवश्यक छैन : मन्त्री पुन

ऊर्जामन्त्रीको एकवर्षे कार्यकाल समीक्षा [पूर्णपाठसहित]
64x64
नेपाल लाइभ आइतबार, चैत ३, २०७५  १५:३१
1140x725

काठमाडौं- ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आफ्नो एक वर्षको कार्य प्रगति सार्वजनिक गरेका छन्।

एकवर्षे कार्यकालको समिक्षा गर्दै मन्त्री पुनले सरकारमा रहँदा आफूले जनताको हितका लागि काम गर्नुलाई नै सर्वोपरी ठानेको भन्दै मन्त्रिपरिषद् हेरफेर हुन्छ भनेर आत्तिनुको कुनै तुक नभएको धारणासमेत राखेका छन्। आइतबार मन्त्रालयमा आयोजित एक वर्षे कार्यकाल समिक्षा कार्यक्रममा मन्त्री पुनको यस्तो भनाइ आएको हो।

‘केही साथीहरुले मन्त्रिपरिषद् हेरफेर हुन्छ भनेर भावुक हुँदै अभिव्यक्ति दिएको पनि सुनिएको छ', दुई दिनअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले एक कार्यक्रममा बोल्ने क्रममा आफूलाई सरकारले हटाउन चाहेको भन्ने आशयको अभिव्यक्तिलाई इन्गित गर्दै उनले भने, 'हामी विधायकका रुपमा पाँच वर्षका लागि चुनिएर आएका हौं। जो जहाँ बसेपनि काम गर्ने हो। प्रधानमन्त्रीले जिम्मेवारी हेरफेर गर्छन् भनेर भावुक हुन जरुरी छैन।’

१ वर्षमा थपियो ३९ दशमलव ३६ मेगावाट विद्युत

ऊर्जामन्त्रीका रुपमा पुनले जिम्मेवारी सम्हालेदेखि आजसम्म ३९ दशमलब ३६ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ। यस अवधिमा ८ मेगावाटको माई साना क्यास्केड आयोजना, १३ मेगावाको मद्क्यु खोला आयोजना, ७ मेगावाटको मोलुङ खोला आयोजना, १ दशमलव ५ मेगावाटको ठेउले खोला आयोजना र ७ दशमलव ८ मेगावाटको सुपरमाई हाइड्रोपावर राष्ट्रिय प्रशारण प्रणालीमा जोडिएका छन्।

त्यसैगरी, शून्य दशमलव ०४ मेगावाटको लेगावा खोला, शून्य दशमलव ०९ मेगावाटको सोबुवा खोला-२, शून्य दशलमव ९६ मेगावाटको विष्णुप्रिया सोलार फर्म आयोजना, र शून्य दशलमव ९६ मेगावाटको सिंहदरबार परिसर सौर्य ऊर्जा पनि थपिएकाे मन्त्रालयले जनाएकाे छ।

२५ आयोजनालाई उत्पादन र ५२ वटालाई सर्बेक्षणको अनुमतिपत्र

१ वर्षकाे अवधिमा २ हजार ८ सय ८२ मेगावाट क्षमताका २५ वटा जलजिद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र जारी भएकाे देखिएकाे छ। हालसम्म कुल ७ हजार ४ सय ९० मेगावाट क्षमताका १ सय ७४ वटा जलविद्युत आयोजना निर्माणको विभिन्न चरणमा छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी, यस अवधिमा कूल ६ मेगावाट क्षमताका २ वटा बगास विद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र जारी भएको छ।

विद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्रतर्फ कुल ५ हजार १ सय १५ मेगावाट क्षमताका ५२ वटा आयोजना प्रवर्द्धक कम्पनीलाई विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र जारी भएको छ। जसमध्ये हालसम्म कुल १७ हजार ९ सय ७६ मेगावाट क्षमताका २ सय ९१ वटा आयोजना अध्ययनको विभिन्न चरणमा रहेका छन्।

५ वटा सवस्टेसन र २ वटा प्रशारण लाइन निर्माण सम्पन्न

यस अवधिमा १ सय  ३२ केभीको स्याउले सवस्टेसन, पहलवानपुर सवस्टेसन, भुरीगाउँ सवस्टेसन र हापुरे सवस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन्। त्यसैगरी, लम्की पहलवानपुर १ सय ३२ केभी प्रशारण लाइन र मर्स्याङ्दी–डुम्रे–दमौली १ सय ३२ केभी डबल सर्किट प्रशारण लाइनको निर्माण सकिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राष्ट्रिय गौरवका आयोजनाको प्रगति

राष्ट्रिय गौरवका आयोजनाको प्रगति न्यून देखिएको छ। माथिल्लो तामाकोशी आयोजना १ वर्षअघि नै ९५ प्रतिशत काम सम्पन्न भएको अवस्थामा थियो भने अहिले ९७ प्रतिशत काम सम्पन्न भएको छ।

१२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाका लागि २०७४ चैतदेखि हालसम्ममा ९ हजार ३४ जना जग्गाधनीको २९ हजार ८ सय ३६ रोपनाी जग्गाका लागि १८ अर्ब ४३ करोड ३३ लाख रुपैयाँ मुआब्जा वितरण गरिएको छ। हालसम्म बुढीगण्डकी आयोजना प्रभावित क्षेत्रका लागि २२ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ मुआब्जा वितरण भइसकेको छ।

पश्चिम सेती जलविद्युत आयोजना निर्माणकाे लागि 'चाइना थ्री गोर्जेज इन्टरनेसनल कर्पोरेसन' (सिटिजिआई) सँग संयुक्त लगानी सम्भौता भएकोमा उक्त कम्पनीले विभिन्न कारणहरु देखाउँदै आयोजनाबाट हात झिकिसकेकाे छ।

यसैबीच, आयोजनाको विकास ढाँचा तय गर्नका लागि भन्दै ऊर्जामन्त्री, अर्थमन्त्री, र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहनेगरी समिति गठन भएपनि उक्त समितिले ६ महिना बित्दासमेत आफ्नो प्रतिवेदन बुझाउन सकेको छैन।

बाँके जिल्लाको ४२ हजार ७ सय हेक्टर जमिनमा सिँचाइ सेवा दिने उद्देश्यले निर्माण भइरहेको उक्त आयोजनामा आर्थिक अनियमिताका काण्डहरु एकपछि अर्को गर्दै बाहिर आउन थालेपछि पछिल्लो २ महिनायता निर्माणका कार्यहरु ठप्प छन्। पूर्वतर्फको ५३ किलोमिटर नहरमध्ये ४५ किलोमिटर नहरखण्डमा पर्ने रुख काट्ने काम मात्र सम्पन्न भएको छ।

पूर्वी क्षेत्रको मूल नहर निर्माणको काम १६ प्रतिशतमात्रै सकिएकाे देखिन्छ भने पश्चिमतर्फ ८५ प्रतिशत काम सकिएको छ।

बर्दिया जिल्लाको ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालित बबई सिँचाइ आयोजनाको पश्चिमतर्फ ५ दशमलव १ किलोमिटर नहर निर्माण सम्पन्न भएको छ। ताराताल र सानोश्री मधुवन नगरपालिकामा जग्गा प्राप्तिसम्बन्धी समस्या समाधान गरी मूल नहरको २८ किलोमिटरसम्मको निर्माण कार्य चलिरहेको छ।

कैलाली जिल्लास्थित रानीजमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत प्रथम चरणको फिडर नहर लाइनिङ, नहर संरचना, सिंचित क्षेत्र बचावट तथा कृषि सडकको स्तरोन्नतिको काम भइरहेको छ। आयोजना निर्माणका लागि दोश्रो चरणअन्तर्गत सिंचित क्षेत्र विकास कार्यको लागि विश्व बैंकसँग ६६ मिलियन डलर बराबरको ऋण सम्झौता भएको छ।

त्यसैगरी, लम्की मुल नहर विस्तारका लागि ६ किलोमिटर खण्डमा पर्ने रुख कटान कार्य सम्पन्न भएको छ भने फिडर नहरबाट ४ दशलमब ५ मेवागाट विद्युत उत्पादनका लागि विद्युत गृह निर्माणको काम भइरहेको छ।

बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सेवा उपलब्ध गराउने र ४६ दशमलब ८ मेगावाट विद्युत उत्पादन गर्ने उद्देश्यसहित नेपाल मै पहिलोपटक टनेल बोरिङ मेसिन प्रयोग गरी सुरु भएको यस आयोजनामा सुरुङ निर्माणको काम चलिरहेको छ। कूल १२ दशमलव २ किलोमिटर सुरुङमध्ये हालसम्ममा ११ दशमलब ३५ किलोमिटर सुरुङ निर्माण भई बैसाख १ गतेसम्ममा सुरुङ 'ब्रेक थ्रू' गर्ने लक्ष्य रहेको ऊर्जामन्त्री पुनको भनाइ छ।

कानुनी तथा नीतिगत क्षेत्र

पछिल्लो १ वर्षकाे अवधिमा 'विद्युत नियमन आयोग नियमावली, २०७५' र राष्ट्रिय जलश्रोत नीति तर्जुमाको मस्यौदा तयार पारिएको, जलश्रोत ऐन तर्जुमा गरिएको, 'नवीकरणीय ऊर्जा प्रवर्द्धन केन्द्रको विधेयक, २०७५' र नदी बेसिन योजना तथा जलविद्युत विकास गुरुयोजना तर्जुमा गरिएको मन्त्री पुनले जानकारी दिए।

हेराैं ऊर्जा मन्त्रालयकाे एक वर्षे कार्यप्रगतिकाे पूर्णपाठ:

प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  १५:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्