काठमाडौं– सरकारसँग ११ बुँदे सम्झौता गरेको सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले राष्ट्रिय परिषद्को बैठक आइतबारदेखि सुरु हुँदैछ।
सरकारसँग भएको ११ बुँदे सम्झौता र अगामी रणनीतिको बारेमा छलफल गर्नका लागि राष्ट्रिय परिषद्को बैठक बोलाइएको हो।
बैठक सोमबारसम्म चल्नेछ।
बैठकमा उपस्थित हुन आउने सदस्यलाई नागरिकताको प्रमाणपत्र ल्याउन आह्वान गरिएको छ।
राउतको फेसबुक पेजमा बैठकबारे हिन्दी भाषामा सूचित गरिएको छ।
‘सहभागी साथीहरूलाई अनुरोध छ, कृपया आफ्नो नागरिकताको प्रमाणपत्र साथमा लिएर आउनुहोला,’ फेसबुकमा अनुरोध गरिएको छ।
बैठक आकस्मिक रूपमा राखिएकोले जिल्लाका सीमित सदस्यमात्रै बोलाइएको छ। केही साथीहरू छुट्नु भए दु:ख नमान्न भनिएको छ। 'छिट्टै विस्तारित बैठक र भेटघाटका कार्यक्रम सुरू हुनेछ', फेसबुक पोस्टमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।