जनकपुर- सरकारसँग ११ बुँदे सम्झौता गरेको सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले राष्ट्रिय परिषद्को बैठक बोलाएको छ।
सिरहाको लहानमा आइतबार बस्ने बैठकका लागि सबै केन्द्रीय समिति सदस्यलाई जानकारी पठाइसकेको छ।
बैठकमा सहभागी हुन आउनेलाई आ–आफ्नो नागरिकता अनिवार्य ल्याउन भनिएको छ।
सरकारसँग भएको ११ बुँदे सम्झौता र अगामी रणनीतिको बारेमा छलफल गर्नका लागि राष्ट्रिय परिषद्को बैठक बोलाइएको हो।
परिषद्को बैठक सकिएपछि विस्तारित बैठक हुने त्यसपछि गठबन्धनका संयोजक मधेश दौडाहमा निस्किने बताइएको छ।
परिषद्को बैठक दुई दिनसम्म चल्ने बताइएको छ। ४ गते परिषद्को बैठक सकिएपछि सप्तरीबाट गठबन्धनको र्याली निस्किने छ।
लहानमा राउतलाई नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गठबन्धनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।