काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नि सीताको उपचारका लागि अमेरिका जाने भएका छन्। आइतबार दाहाल दम्पतिका साथ छोरीज्वाइ समेत अमेरिका जान लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ।
प्रचण्ड दम्पतिसँगै छोरीज्वाईं गंगा र जीवन आचार्य अमेरिका जान लागेका हुन्। सीतालाई वंशाणुगत पार्किन्सन भएको चिकित्सकले बताएका छन्। सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छन्।
दाहाल दम्पतिका छोरा प्रकाशको गतवर्ष निधन भएपछि सीता थप कमजोर भएकी छन्। गत असोज १० मा प्रचण्डले सीतालाई सिंगापुर लगेका थिए। रोग निदानकै लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई तातोपानीमा नुहाउन लगेका थिए।
आइतबार अमेरिका जाने निश्चित भएपनि स्वदेश फर्किने मिति भने तय भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।