• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

‘टेष्टट्युब बेबी’ कस्ताका लागि ?

64x64
नेपाल लाइभ शनिबार, चैत २, २०७५  २०:०८
1140x725

मानिसको जन्म प्राकृतिक संरचनाअन्तर्गत शरीर विज्ञानसँग सम्बन्धित विषय हो । महिला र पुरुषबीच यौनक्रिया भएपछि पुरुषको वीर्यबाट शुक्रकीट महिलाको डिम्बबाहिनी नलीमा प्रवेश गरेर डिम्बसँग मिसिन्छ । डिम्ब र शुक्रकीटको मिलनबाट भ्रुण तयार हुन्छ र पाठेघरमा पुगेर विकसित हुन्छ । महिना दिनपछि यस भ्रुणले शिशुको रूप धारण गर्छ । तर, कहिलेकाहीँ दम्पत्तिले चाहँदा–चाहँदै पनि गर्भ नरहने हुन्छ । युरोपमा भएको एक अध्ययनअनुसार गर्भ नरहनुमा महिला तथा पुरुषको ४०–४० प्रतिशत जिम्मेवारी हुने गरेको छ, बाँकी २० प्रतिशत साझा समस्या देखिने गरेको छ । यहीकारण सन्तान हुन नसक्नुमा महिला तथा पुरुष दुवै समान रुपमा जिम्मेवार मानिन्छन् भनिएको हो ।

 
कहिलेकाहीँ दम्पत्तिमै खराबी नहुँदा पनि गर्भ रहन कैयौं वर्ष लाग्नसक्छ । गर्भ रहनु भनेको एउटा आकस्मिक घटना हो । स्वस्थ हुँदाहुँदै पनि पुरुषको शुक्रकीटले महिलाको अण्डा भेट्ने अवसर नपाएको हुनसक्छ । कतिपय अवस्थामा महिनावारी भएको समय र सहवासको समय नमिलेका कारण पनि सन्तान नहुन सक्छ । विवाहित जोडीमा बच्चा नभएपछि समाजले स्त्रीलाई बाँझी र जोडीलाई निसन्तानको संज्ञा दिन्छ ।

 
तर, सन्तान नभएको भनेर जीवनभर नै निराश बस्नुपर्ने स्थिति अहिले  छैन । विज्ञानले विभिन्न उपायको आविष्कार गरेको छ । त्यसमध्ये एक हो, टेस्टट्युब अर्थात् आइभीएफ विधि । यसमा पुरुषको शुक्रकीट र स्त्रीको डिम्ब संकलन गरी सिसाको ट्युब वा प्लेटमा राखेर एकअर्कासँग मिलन गराई भु्रण तयार गरिन्छ । यसरी टेस्टट्युबमा गर्भाधानको प्रक्रिया पूरा भएपछि भ्रुणलाई सिरिन्ज (सानो पाइप)को सहायताले स्त्रीको गर्भाशयमा प्रतिस्थापित गरिन्छ । त्यसपछि साधारण अवस्थामा जस्तै भ्रुण विकसित भई शिशुको रुप धारण गर्दछ । यसरी जन्मने भएकाले बच्चालाई टेस्टट्युब बेबी भनिएको हो ।

 
प्रा. रबर्ट एडवार्ड्सले सन् १९५० देखि ७० सम्म अथक रुपमा गरेको अनुसन्धानको उपलब्धिस्वरुप सन् १९७८ मा पहिलोपटक टेस्टट्युब बेबीको जन्म सम्भव भएको थियो । विश्वकै पहिलो टेस्टट्युब बेबी बेलायतकी लुइस ब्राउन हुन् ।  उनको जन्म सन् १९७८ को जुलाई २५ मा भएको थियो । क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रबर्ट एडवार्ड्सले टेस्टट्युब बेबी विधिको सुरुवात गरेर बाँझोपनाको समस्या हटाउन सफल भएकाले उनी नोबेल पुरस्कारबाट समेत सम्मानित भैसकेका छन् ।

 
नेपालमा पहिलोपटक २०६१ साल फागुन २० गते ओम अस्पतालको आईभीएफ सेन्टरबाट बाबु राजेन्द्र तामाङ र आमा सन्ध्याको कोखबाट पहिलो टेस्टट्युब बेबीको जन्म भएको थियो ।

 
आइभीएफ कस्ताका लागि ?

 
अण्डाशयमा अण्डा नबन्ने अथवा थुपै साना–साना डिम्ब बनेपनि नबढ्ने, पाठेघरको नली पूरा बन्द भएमा, पिप या पानी जमेमा, पाठेघरको झिल्ली क्षयरोग अथवा कुनै कारणबाट पातलो भएमा, हर्मोनमा गडबडी, पाठेघरको झिल्लीमा मासु बढ्नु, गर्भाशयको मुख ज्यादै सानो हुनु जस्ता अवस्थामा आइभिएफ विधिको सहायता लिइन्छ ।

 
प्रसूतिसम्वन्धी विशेषज्ञ सेवा दिने मुलुकको एक मात्र सरकारी अस्पताल परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट तीन निःसन्तान महिलाले टेष्टटयुब बेबी प्रविधिबाट सन्तान प्राप्त गरेका छन् । नेपालमा सरकारी अस्पतालबाट भएको यो जन्म नै पहिलो हो । डा. उषा श्रेष्ठको नेतृत्वमा नर्सहरू गायत्री सुवेदी, राधा शाक्य, रोशनी शिलाकार र जमुना पोखरेलसहितको प्रयासले पहिलोपटक सरकारी अस्पतालमा टेष्टट्युब बेबीको जन्म भएको हो । प्रसूतिगृहमा यो सेवा एक लाख ६० हजार रुपियाँमा नै उपलब्ध छ भने अन्य निजी अस्पतालमा ३ देखि ५ लाखसम्म खर्च गर्नुपर्ने हुन्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

 
आईभीएफ गर्नुपूर्व महिलाको सम्पूर्ण जाँच गरिन्छ । महिनावारी नियमित भए नभएको, गर्भपतन गरे नगरेकोजस्ता विभिन्न कारणले गर्भ नरहेको हुनसक्छ । महिलाको पाठेघरमा ट्युमर भएमा पनि गर्भ रहदैन । महिलाको अवस्था सम्पूर्ण ठीक भएपनि पुरुषको खराबीले पनि बच्चा नहुन सक्छ । यस्तो अवस्थामा ‘इक्सी’ गरिन्छ । पाठेघरको २ वटै नली बन्द भएमा पनि बच्चा हुँदैन । बच्चा हुनका लागि कम्तीमा पनि एउटा नली खुलेको हुनुपर्छ । अण्डा निस्कने प्रकृया महिनैपिच्छे भैरहेको हुन्छ । यदि अण्डा नै बनेन भने वा सानो ( पोलिसिस्टिक ओभरी डिजिज) भए आईभीएफ विधि अपनाउनुपर्ने हुन्छ । सबै ठीक भएपनि ४० वर्षको उमेर हुँदासम्म पनि बच्चा नभए विभिन्न हर्मोनको जाँच गरी आईभीएफ गर्न सकिन्छ ।

 
प्रक्रिया के ?

 
आइयुआई गरेर पनि बच्चा नहुने, अण्डा नै उत्पादन नहुने, महिनावारी नियमित नहुने महिलाका लागि आईभीएफ विधि अपनाइदैंन । त्यसकारण सुरुमा महिलाको छनोट गरी ‘स्टिमुलेसन’ गरिन्छ । सानो–सानो अण्डाशयलाई ठूलो बनाउन हर्मोनहरु दिइन्छ । त्यसपछि हर्मोन जाँच गर्ने र नियमित अल्ट्रासाउण्ड गर्नुपर्छ ।

 
महिनावारी भएको २ दिनमा र ६/७ दिनमा पुनः जाँच गरिन्छ । त्यसपछि हर्मोन बढाउने र घटाउने गरिन्छ । अण्डा बनेमा एचसिजि भन्ने इन्जेक्सन दिइन्छ । त्यसको ४० घण्टामा महिलालाई बेहोस पारी अण्डा निकालिन्छ । तर यसका लागि कुनै शल्यक्रिया भने गर्नुपर्दैन । यसरी निकालिएको महिलाको डिम्ब र पुरुषको शुक्रकिटलाई प्रयोगशालामा एउटा थालमा राखी इन्क्युवेटरमा राखिन्छ, जहाँ निशेचन प्रक्रिया (फर्टिलाइजेसन) हुन्छ  । यसरी बनेको भ्रुणलाई करिब ४८ घन्टापछि महिलाको गर्भाशयमा प्रतिस्थापित गरिन्छ । अधिकांश अवस्थामा चार भ्रुण प्रतिस्थापन गरिन्छ । सबै हुर्कन नसकेपनि कम्तीमा एउटा हुर्कन्छ भन्ने सोच राखिएको हुन्छ । अण्डा निकाल्दा महिलालाई बेहोस बनाए पनि भ्रूण प्रतिस्थापन गर्दा भने बेहोस बनाउनुपर्दैन । भ्रूण प्रतिस्थापन गरेपछि सामान्य शिशुसरह नौ महिना आमाको गर्भमै राखी शिशुको जन्म हुन सक्छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आइभिएफ विधिमा महिलालाई कृत्रिम गर्भाधान गरिन्छ । यसरी गर्भाशयमा भ्रूण प्रतिस्थापन गरिसके पछि महिलालाई  २ घण्टासम्म बेडमा आराम गर्न लगाइन्छ । त्यसपछि बच्चालाई सर्पोट गर्नका लागि हर्मोन इन्जेक्सन प्लस दिइन्छ । गर्भाशयमा भ्रूण प्रतिस्थापन गरेको २ हप्तापछि पिसाब र बेटा–एचसिजि परीक्षण गरी गर्भ भए–नभएको जाँच गरिन्छ। त्यसको ४८ घण्टापछि पूनः जाँच गरी निश्चित गरिन्छ । बिएचसीजी र युसएजीमा पाठेघरभित्र भ्रुण बनेपछि आइभीएफको सफल भएको मानिन्छ ।

 
यसरी गर्भ रहेपनि कहिलेकाहीँ खेर पनि जानसक्ने हुन्छ । यसका लागि महिलाले विशेष ध्यान पु¥याउनुपर्छ । हर्मोन धेरै दिनुपर्ने भएकाले ओएचएसएस हुनसक्छ । गर्भ रहेपछि नियमित परीक्षण गर्नुपर्छ । बीचमा कुनै समस्या देखिएमा तुरुन्तै अस्पताल जानुपर्छ । यसरी जन्मने बच्चाहरुलाई साधारण तरिकाबाट जन्मने बच्चाका लागि भन्दा बढी हेरचाह र स्याहारसुसार आवश्यक पर्छ । आइभिएफका अधिकांश अवस्थामा शल्यक्रियाको जरुरी पर्नसक्छ ।
अण्डा राम्रो बन्न नसक्नु, फर्टिलाइजेशन राम्रोसंग हुन नसक्नु र इम्प्लान्टेशन राम्रो हुन नसक्नु जस्ता कारणले आइभीएफ असफल बन्न सक्छ । यस्तै, गर्भ रहेर पनि गर्भपतन हुन सक्ने, एकभन्दा बढी भ्रुण निर्माण हुने, कम तौलको बच्चा जन्मने, अवधिभन्दा पहिल्यै जन्म हुने जस्ता समस्या देखा पर्न सक्छन् । यस्तै, महिलामा पनि संक्रमणको समस्या देखिन सक्छ ।

डा. भावा श्रेष्ठ मल्ल, इन्फर्टिलिटि युनिट, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल

 

प्रकाशित मिति: शनिबार, चैत २, २०७५  २०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्