• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मानिस किन बन्छ बलात्कारी ?

64x64
नेपाल लाइभ शनिबार, चैत २, २०७५  २१:३०
1140x725

मानिस किन बलात्कारी बन्छ ? यो प्रश्नको सिधा उत्तर छैन । तर एउटा कुरा चाँहि भन्न सकिन्छ, यो एक सामाजिक रोग हो । हामी छापामा बलात्कारका घटना नियमित पढ्छौं । यो समस्या यति विकराल भइरहेको छ कि आजभोलि सबै बलात्कारका घटनाले छापामा स्थान नपाउने अवस्था आइसकेको छ ।

बच्चाका बलात्कार, सामूहिक बलात्कार या शिक्षक तथा चिकित्सकले बलात्कार गरेका घटनाले छापामा विषेश स्थान पाउँछन् । केही समय यताका घटना हेर्ने हो भने बलात्कारका साथै क्रुरता पनि बढ्दै गएका भेटिन्छन् । बलात्कृत महिला जिउँदै फेला परेमा समेत सन्तोषको श्वास फेर्नुपर्ने बिडम्बना छ ।

अर्को कम चर्चा हुने वास्तविकता के पनि हो भने करिब १० मध्ये १ बलात्कारका घटनामात्र प्रहरीसम्म पुग्छन् । धेरैजसो बलात्कारका घटना प्रहरीसम्म नपुग्नुमा पारिवारिक, सामाजिक र कानुनी अड्चनले मुख्य भूमिका खेलेका हुन्छन । केही पीडित शारीरिक या मानसिक दुरावस्थाका कारण उपचार खोज्ने क्रममा सूचना चुहिएपछि मात्र प्रहरीकहाँ पुग्छन् ।

बलात्कारका दुई तिहाई घटना चिनेजानेका मानिसबाटै हुन्छन् । साथी, शिक्षक, हाकिम या आफूभन्दा शक्तिशाली ओहोदाका व्यक्ति या नाताभित्र अर्थात् जोसंग नियमित भेटघाट या अन्तक्र्रिया गर्नुपर्ने हुन्छ, उनीहरूबाटै यौन दुव्र्यवहार र बलात्कार हुन सक्ने संभावना बढी हुन्छ ।

प्रायजसो हामी बालिका या महिला बलात्कृत भएको सुन्छौं । बालक र पुरुष पनि बलात्कारका शिकार हुन सक्छन् । प्रायजसो बलात्कारीचाँहि पुरुष नै हुन्छन् । यदाकदा महिला बलात्कारीको प्रसंग या समाचार सुन्नमा आए पनि यो धेरै कम भेटिन्छ ।

तर, कसैले किन बलात्कार गर्छ या किन यौनहिंसा हुन्छ ? यसको उत्तर हाम्रो सामाजिक र कानुनी संरचनाभित्र खोजिनु उपयुक्त हुन्छ ।

सर्वप्रथम त हाम्रो समाजमा बालबालिकाले कस्तो र कसरी यौन शिक्षा पाउँछन् भन्ने बारे चर्चा गर्नु आवश्यक हुन्छ । हुन त औपचारिक यौन शिक्षामा पहिलेको भन्दा बढी सुधार आएको बुझिन्छ । यौन शिक्षाको अर्को पाटो अनौपचारिक यौन शिक्षा हो, जुन सिनेमा, यौनसम्बन्धी पाठ्यसामग्री, पत्रपत्रिका, साथी तथा आफ्ना सिनियरमार्फत् किशोरकिशोरीले प्राप्त गर्छन् ।

पहिलेभन्दा बढी यौनका दृष्टिले उदार सिनेमा आउन थालेका छन् । कलाकारहरू वास्तविक जीवनमा पनि यौनका बारेमा खुलेर कुरा गर्न थालेका छन् । यो एक हिसाबले राम्रो भए पनि यसले बालमस्तिष्कमा पार्ने प्रभावका बारेमा अनुमान लगाउन सकिन्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

पश्चिमी देशमा सिनेमालाई विभिन्न श्रेणीमा विभाजन गरिएको हुन्छ । बालबालिकालाई खास उमेर नपुगिकन यौन क्रियाकलाप भएका सिनेमा नहेर्न सल्लाह दिइन्छ । के सही र के गलत भन्ने बुझिनसकेको उमेरमा विभिन्न खालका यौन गतिविधि भएका सिनेमा र गीतहरूद्वारा, त्यस्तै यौनसम्बन्धी पाठ्यसामग्री पत्रपत्रिकामा सनसनीपूर्ण तरिकाले प्रकाशित गरिँदा बालबालिकामा उत्पन्न हुने सामान्य यौन जिज्ञासा उनीहरू किशोरावस्थामा पुग्दा नपुग्दै यौनसम्बन्धी अनेक भ्रम र मिथ्यामा परिर्वतन भईसकेका हुन सक्छन् । गैरजिम्मेबार स्रोतबाट हासिल यौनसम्बन्धी सूचनाले भविष्यको ‘बलात्कारी’ निर्माण गर्न सक्छ ।

हुन त पुराना पुस्तामा बलात्कारका घटना हुँदैनथ्यो या कम हुन्थ्यो भन्न गाह्रो छ । तर समाजमा धर्मको स्थान महत्वपूर्ण हुनु र कम उमेरमै विवाह भई यौन अनुभवको अवसर चाँडै नै प्राप्त हुनु तथा केही हदसम्म बहुविवाह पनि स्वीकार्य हुनुले उद्दण्ड यौन गतिविधिमा केही नियन्त्रण भएको र अहिलेको पुस्तामा यो परिर्वतनले पनि केहीमात्र पुरुष उद्दण्ड यौन गतिविधिमा लागेको तर्क गर्न पनि सकिन्छ । तर यौनको उपलब्धीले बलात्कारलाई घटाउँछ भन्ने कोणबाट हेर्ने हो भने पनि यौन व्यवसाय स्वीकार्य समाजमा समेत बलात्कारका घटना हुने हुनाले अन्य कारण केलाउनुपर्ने हुन्छ ।

बलात्कार एक अपराध हो । यसमा कुनै शंका छैन । विभिन्न समुदाय तथा राष्ट्रमा बलात्कारीले पाउने सजाय फरक पाइन्छ । केही देशमा बलात्कारीलाई मृत्युदण्ड दिईन्छ भने केहीमा केही वर्ष जेल सजाय । कानूनको कार्यान्वयन फितलो भएको समाजमा सबै बलात्कारीले सजाय पाउँदैनन् । त्यस्तै बलात्कारको मुद्दा दर्ता गर्दादेखि अदालतमा पेश हुने र बहस हुने क्रममा बलात्कृतले पटक–पटक भावनात्मक रूपले बलात्कृत हुनुले पनि बलात्कृत महिला या उसको परिवारमा त्यति लामो समयसम्म न्यायको लडार्इँ लड्ने हिम्मत नहुन पनि सक्छ । यसले गर्दा विशेषतः नेपालजस्तो देशमा बलात्कारीको मनोबल बढ्न सक्छ ।

केही हप्ता अगाडि नेपालको सर्वोच्च अदालतमा बलात्कारको मुद्दा कयौंपटक सारेको दृष्टान्तले बलात्कृतमा ‘अदालतले पनि मलाई बचाउँदैन’ भन्ने सोचाई उत्पन्न गराउँन सक्छ । जुन समाजमा बलात्कारीलाई कठोर सजाय हुन्छ, त्यहाँ बलात्कारका घटना निर्मुल नभएपनि तुलनात्मक रूपमा कमचाँहि हुन्छन् ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बलात्कार यौनसम्बन्धी हिंस्रक व्यवहार भएपनि यो सबैजसो अवस्थामा यौनका लागि मात्र गरिएको हुँदैन भन्ने धारणा पनि छ । आत्मबल कम भएको पुरुषले मौका पाउँनासाथ तुलनात्मक रूपमा कमजोर महिलालाई यौन शिकार बनाउँन सक्छ । त्यस्तै बाल्यकालमा आफैं यौनहिंसामा परेको पुरुषले आफू वयस्क भएपछि आँफैले कमजोर बालक /महिलामाथि यौनहिंसा गर्न सक्छ । कति व्यक्तिले यौनहिंसालाई आफ्नो शक्ति प्रदर्शनको रूपमा पनि लिन्छन् ।

मानसिक रोग र यौनहिंसाको खासै सम्बन्ध छैन । तर बलात्कारीमध्ये धेरैजना रक्सी तथा लागूपदार्थको दुव्र्यसनी हुन्छन् । यस्ता पदार्थको सेवनले विवेक गुम्ने हुँदा थुप्रै बलात्कार रक्सी तथा लागूपदार्थको नशाका क्रममा भएका हुन्छन् । यसप्रकार रक्सी तथा लागूपदार्थको महत्वपूर्ण असर देखिएपनि उक्त व्यक्तिले बाल्यकालदेखि नै कसरी यौनसम्बन्धी धारणा बनायो भन्ने महत्वपूर्ण हुन्छ । त्यसैले त रक्सी तथा लागूपदार्थको दुव्र्यसनी सबैले यौनहिंसा गर्दैनन् ।

यस हिसाबले ‘मानिस किन बलात्कारी बन्छ’ भन्ने सुरुको प्रश्नको उत्तर सजिलो नभएपनि दुई वटा कुरा भन्न सकिन्छ । पहिलो– यौन शिक्षाको सन्दर्भमा हाम्रो समाजले द्वैध चरित्र त्यागेर यसलाई एउटा आवश्यक शिक्षाको विषयको रूपमा स्वीकार गर्दै अहिलेको पद्दतिमा भएका कमीकमजोरीलाई सम्बोधन नगरेमा, र दोस्रो– बलात्कारीविरुद्धको कानूनको सही र तदारुकताका साथ पालना नभएमा हाम्रो समाज बलात्कारी उत्पन्न गर्ने कारखानाको रूपमा चलिरहन्छ ।

 

प्रकाशित मिति: शनिबार, चैत २, २०७५  २१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्