• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

संविधानविपरीत प्रधानमन्त्रीलाई सिधै सेना परिचालनको अधिकार

64x64
नेपाल लाइभ शनिबार, चैत २, २०७५  १७:३१
1140x725

काठमाडौं- एकपछि अर्को शक्तिशाली निकाय आफूमै समाहित गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली सेना परिचालनमा पनि ‘मनमौजी’ प्रदान गरिने भएको छ। 

हालै संसद् सचिवालयमा दर्ता भएको ‘राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ले ‘तत्काल परिषद्को बैठक बस्न सम्भव नभएमा  परिषद् अध्यक्षले सेना परिचालको लागि नेपाल सरकारलाई सिफारिस गर्न सक्ने’ अधिकार दिएको छ।

नेपालको संविधानको धारा २६६ मा राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी व्यवस्था छ। सेना परिचालनको सिफारिस राष्ट्रिय सुरक्षा परिषद्ले गर्छ  र त्यसको  अध्यक्ष प्रधानमन्त्री हुन्छन्। रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, सरकारका मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति सदस्य हुने व्यवस्था छ। रक्षा मन्त्रालयका सचिवले परिषद्‍मा सदस्य–सचिवका रुपमा काम गर्छन्।  

संविधानको धारा २६७ को उपधारामा (६) मा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा लगायतका कुरामा संकट उत्पन्न भएमा सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रिपतिबाट सेना परिचालन हुने व्यवस्था छ। 

‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषद्‍को सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषद्‍को निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुनेछ,’ संविधानमा उल्लेख छ, ‘नेपाली सेना परिचालनको घोषणा भएको मितिले एक महीनाभित्र प्रतिनिधिसभाबाट अनुमोदन हुनु पर्नेछ।’

तर प्रस्तावित सुरक्षा परिषद् सम्बन्धी  विधेयकमा परिषद्को बैठक बस्न नसकेको अवस्थामा अध्यक्षले नै सेना परिचालनका लागि मन्त्रिपरिषद्लाई सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ। 

प्रस्तावित विधेयकको दफा ६ को उपदफा २ मा संविधानमा उल्लेख भए अनुसार नै भएपनि उपदफा ३ मा भने संविधानको व्यवस्थालाई खण्डन गर्दै ‘तत्काल परिषद्‍को बैठक बस्न सम्भव नभएमा अध्यक्षले सेना परिचालनका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्न सक्ने’ प्रावधान छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘उपदफा (२)मा जुनसुकै कुरा लेखिएको भएतापनि गम्भीर राष्ट्रिय संकट उत्पन्न भएमा वा तत्काल सेना परिचालन नगरे त्यस्तो संकट उत्पन्न हुने देखिएमा र तत्काल परिषद्को बैठक बस्न सम्भव नभएमा अध्यक्षले सेना परिचालनका लागि नेपाल सरकार समक्ष रिफारिस गर्न सक्ने छ,’ उक्त उपदफामा भनिएको छ।

संविधानको मर्म विपरीत
संविधानविद् भीर्माजुन आचार्य प्रस्तावित विधेयकमा भएको यस्तो व्यवस्थालाई संविधानको मुल र्ममविपरीत भएको ठान्छन्। सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस अनिवार्य हुने व्यवस्था संविधानमा भएकाले संविधानसँग बाझिने कुरा ऐनमा राख्न नसकिने आचार्य बताउँछन्। 

‘संकटकालमा सेना परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्ले सिफारिस गर्नैपर्ने हुन्छ,’ उनको भनाइ छ, ‘संविधानमा परिषद्ले गर्ने भनेका ठाउँमा प्रधानमन्त्रीले गर्ने भनेर आफूखुसी कानुन बनाउन कहाँ पाइन्छ? संविधानभन्दा ठूलो कानुन हुँदैन। यो त संविधानसँग पूर्ण रुपमा बाझिने भयो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संकटकाल गम्भीर विषय भएको र त्यसबेला नागरिकका मौलिक अधिकार समेत कटौती हुने अवस्था रहने भन्दै उनी त्यसै कारण संविधानमा  सुरक्षा परिषद्ले सिफारिस गर्ने, मन्त्रिपरिषद्ले निर्णय गर्ने र राष्ट्रपतिले सेना परिचालनको घोषणा गर्ने व्यवस्था भएको बताउँछन्। 

‘संकटकाल भनेको विशेष परिस्थिति हो,’ उनी भन्छन्, ‘सेना परिचलान भइसकेपछि नागरिकका कतिपय मौलिक अधिकार, स्वतन्त्रताहरु निलम्बन हुन्छन्। त्यसैले यसलाई गम्भीर रूपमा लिएर नै  राष्ट्रिय सुरक्षा परिषद्ले सिफारिस गर्ने, मन्त्रिपरिषद्ले निर्णय गर्ने अनि राष्ट्रपतिले सेना परिचालनको घोषणा गर्ने भन्ने संविधानको प्रावधान हो।’

संसद्‍को प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि यसलाई संविधानको मूल भावना विपरीत ठानेको छ। कांग्रेस सांसद् संजय गौतमले विधेयकमा भएको उक्त व्यवस्थाप्रति आपत्ति जनाउँदै शुक्रबार संसद् सचिवालयमा विरोधको सूचना दर्ता गरेका छन्। 

‘सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा केन्द्रित गर्ने रणनीति अन्तर्गत यो आएको छ,’ विरोधको सूचना दर्ता गर्नुका कारणबारे गौतमले भने, ‘यो गम्भीर र आपत्तिजनक छ। संविधानको मर्म र भावनाभन्दा बाहिर छ।’ उनले संसद्‍मा कांग्रेसले सशक्त प्रतिवाद समेत गर्ने बताए। ‘मैले पार्टीमा पनि यसको जानकारी गराएको छु,’ उनले भने, ‘पार्टीले यस सम्बन्धमा औपचारिक धारणा बनाउँछ। हामी हामी यसको सशक्त विरोध गर्छौं।’ 

तर संविधानविद् विपिन अधिकारी भने संविधानमा भएका प्रावधान कार्यान्वयन गर्ने उदेश्यले संविधानमा उल्लेख भएका कुरा बाहेक पनि ऐनले व्यवस्था गर्नसक्ने बताउँछन्। ‘संविधानमा उल्लेख गरिएका भन्दा थप व्यवस्था ऐनले गर्न सक्दछ,’ उनको भनाइ छ, ‘संविधानमा भएका प्रावधान कार्यन्वयन गर्ने उदेश्यले अतिरिक्त व्यवस्था ऐनबाट गर्न सकिन्छ।’ 

परिषद्‍बाट निर्णय अनुमोदन भने गराउनु पर्ने अधिकारीको भनाइ छ। त्यसका लागि एक/दुई हप्ताको समय काफी हुने उनको मत छ। ‘यदि प्रधानमन्त्रीले परिषद्का अध्यक्षका रूपमा परिषद्को बैठकबाट पारित नगराई या परिषद्का सदस्यहरुको सहमति नलिई सिफारिस गर्नुभयो भने त्यस्तो अवस्थामा उहाँहले तत्कालै परिषद्‍बाट अनुमोदन गराउनुपर्ने हुन्छ,’ उनको भनाइ छ, ‘अनुमोदन गराउने भन्ने व्यवस्था चाहिँ हुनैपर्छ। भवितव्य परिहालेको अवस्था अथवा त्यसको समाना गर्नका लागि पनि दुई हप्ताको अवधि पर्याप्त हुन्छ।’ 

संविधानविद् अधिकारीले भनेजस्तो प्रस्तावित विधेयकमा पनि अध्यक्षको निर्णय अनुमोदनका लागि प्रतिनिधिसभामा पठाउनुअघि परिषद्‍बाट पनि अनुमोदन गराउनुपर्ने उल्लेख छ। तर, त्यसको समय–सिमा भने तोकिएको छैन। संविधानमा सेना परिचालनको घोषणा भएको मितिले एक महिनाभित्र प्रतिनिधिसभाबाट अनुमोदन हुनुपर्ने व्यवस्था छ। 

असीमित शक्ति-संचयको मोह
प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा आएपछि शक्तिशाली निकाय आफू (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)  मातहत ल्याएका छन्। यसलाई धेरैले उनको ‘असिमित शक्ति-संचयको मोह’का रूपमा अर्थ लगाउने गरेका छन्। 

सरकारको कार्यविभाजन नियमावली संशोधन गर्दै ओलीले गृह मन्त्रालय मातहतको राष्ट्रिय अनुसन्धान विभाग, अर्थ मन्त्रालय मातहतको राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग  आफ्नै मातहत ल्याइसकेका छन्। त्यस्तै उनले महान्यायाधिवत्ताको कार्यालय र ७७ वटा जिल्ला न्यायाधिवक्ता कार्यालयलाई समेत आफ्नै कार्यालय मातहतमा राखेका छन्।

राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको मापदण्ड निर्माण र अनुगमनदेखि ठूला विकास आयोजनासमेत उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याएका छन्।  

हालै संसद् सचिवालयमा दर्ता गरिएको ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मार्फत २५ अर्ब रुपैयाँभन्दा बढी लागतका आयोजना प्रधानमन्त्री मातहत ल्याउने व्यवस्था गरिएको छ। 

कांग्रेस नेता गौतम शक्तिको केन्द्रीकरण गरेर अधिनायक बन्ने सोचबाट प्रेरित भएर यी काम गरेको दाबी गर्छन्। ‘शक्तिको केन्द्रीकरण गरेर अधिनायक बन्ने सोचबाट यो प्रेरित छ,’ उनको भनाइ छ, ‘यो सम्पूर्ण शक्ति प्रधानमन्त्रीमा केन्द्रित गर्ने सोचका साथ आएको देखिन्छ।’ 

संविधानविद् आचार्य प्रधानमन्त्रीमा अहंकार बढ्ता भएको बताउँछन्। ‘यो अहंकार र दम्भ हो,’ उनको भनाइ छ, ‘मभन्दा ठुलो कोही पनि छैन। मैले जे चाहे त्यही हुन्छ भन्ने सोचको उपज हो यो। देशलाई लोकतन्त्र, विधिको शासन भएको भने पनि यसको मर्मप्रति सरकारलाई केही पनि मतलब छैन।’

तर संविधानविद् अधिकारी प्रधानमन्त्रीले जोखिम लिन सक्ने बताउँछन्। ‘अख्तियार प्रयोग हुने बिक्तिकै यसको दुरुपयोगको सम्भावना छ, हुन्छ नै,’ उनको भनाइ छ, ‘तर, यसलाई जोखिम लिन खोजेको रुपमा पनि बुझ्न सकिन्छ। त्यो जोखिमलाई देशको प्रधानमन्त्रीले उचित तरिकाले प्रयोग गर्छन् भन्ने कुरा हामीले सोच्नुपर्छ। निर्वाचनको वैधताको आधारमा प्रधानमन्त्री जोखिम मोल्न केही अधिकार प्रयोग गर्न सक्छन्।’

प्रकाशित मिति: शनिबार, चैत २, २०७५  १७:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्