• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विवाहको भोलिपल्ट श्रीमतीलाई ‘म समलिंगी हुँ’ भनेपछि…

64x64
नेपाल लाइभ शनिबार, चैत २, २०७५  १३:३०
1140x725

म आज पहिलोपटक कसैलाई आफ्नो अन्तस्करण खोल्ने प्रयास गर्दैछु । सायद यो पनि पहिलोपटक होला – म आफ्नै मनसँग कुरा गर्न डराएको विषय अरु कसैका सामु स्पष्ट पार्न कोसिस गर्दैछु । कति हदसम्म म आफ्ना कुरा छर्लङ्ग बुझाउन सकुँला, त्यो म स्वयंलाई थाहा छैन । मेरो पूरा पत्र पढेपछि तिमीलाई के लाग्न सक्नेछ भने मैले तिमीलाई ठूलो र असामान्य धोका दिएको छु, साथसाथै मैले तिम्रो नारीत्व र अस्मिताको अपमान गरेको मात्र होइन क्षतविक्षत पनि पारेको छु ।

तिमीले मजस्तो पाखण्डीको मुखुण्डो खुलेको पनि महसुस गर्न सकौली, म त्यसका लागि दोष पनि दिन्नँ । कारण मलाई थाहा छ । तिम्रा ठाउँमा म भएको भएपनि त्यस्तै महसुस गर्ने थिएँ ।

तिमीले मेरो स्पष्टोक्तिलाई आफ्नो पाखण्डको मुखुन्डो उत्रिसकेपछि पनि लाज पचाएर आफूलाई भलादमी साबित गर्न प्रयास गरिरहेको एउटा नकचराको झुटो प्रलापका रूपमा लिए पनि मलाई आपत्ति छैन । कारण अहिले म जे लेखिरहेछु त्यो मेरो सत्य हो ।

मेरो व्यक्तित्वमाथि प्रभाव पारेर बसेको र म आफैँले पनि अहिलेसम्म राम्ररी चिन्न नसकेको असाधारण प्रकृतिका बारेमा आजसम्म जन्म दिने बा–आमासँग पनि छलफल गर्न नसकेको यथार्थ हो । मैले आफूले आफूलाई चिनिसकेपछि यसको जानकारी पाउनुपर्ने सबैभन्दा पहिलो सरोकारवाला र उचित व्यक्ति पनि तिमी नै भएको ठानेर म यो यथार्थ तिमीसँग बाँड्दै छु ।


तिमीसँग विवाह गर्न म पटक्कै उत्सुक थिइनँ । यथार्थमा २५ वर्षको लाठे तन्नेरी भनेर टोलछिमेकमा कहलिएको ममा ठूलो खर्चबर्च गरेर ठाँटसाथ बाबुआमाको रोजाईपछि गरिने कुनै पनि किसिमको विवाहप्रति मेरो कहिल्यै पनि पटक्कै चासो रहेन । जिन्दगीभर सँगै बसेर जीवन बिताउनुपर्ने व्यक्ति त प्रत्येक व्यक्तिले आफैँ छान्न पाउनुपर्ने हो भन्ने कुरा विवाहका बारेमा बुझ्न थाल्ने भएदेखि नै मेरा मनमा दह्रिलोेसँग डेरा जमाएर बसेको थियो ।

मैले विभिन्न बहानामा तिमीलाई इन्कार गर्न पटकपटक कोसिस पनि गरेँ । तर बाबुआमाको म एक्लो छोराको जन्म र लालनपालनमा रहेको असीमित चाख र त्यागका कुराहरू आफन्तबाट सुन्दै आएको पृष्ठभूमिमा मैले उहाँहरूका मनमा चोट पु¥याउने खालका कुनै पनि किसिमको पाइलो चाल्न आफूलाई असमर्थ पाएँ । सायद यहीँदेखि म चुक्दै गएँ र अन्त्यमा कस्तो स्थितिमा आइपुगेँ भने आज मेरो सम्पूर्ण व्यक्तित्व नै मेरा आफ्नै आँखाअगाडि स्खलित हुँदै गएको अनुभव हुन थालेको छ ।

 

मैले आफ्नो अन्तरआत्माको  आवाज त्यतिखेरै सुनेको भए, मेरा मनले के भन्दै छ त्यसपट्टि अलिकति मात्र चासो दिएर विश्लेषण गर्नपट्टि लागेको भए आज न तिमीले यसरी प्रताडित हुनुपथ्र्यो न मैले पानीविनाको माछाझैँ पश्चाताप र वियोगको आगोमा छटपटाइरहनुपथ्र्यो ।

Ncell 2
Ncell 2
nimb
nimb

तिमीसँग विवाहका धार्मिक–सामाजिक प्रक्रियाहरू सम्पन्न भइरहँदा म कत्ति पनि सन्तुष्ट रहिनँ । मलाई प्रत्येक पल केही ठूलो गडबडी भइरहेको अनुभूतिले गाँजिरह्यो, हुनु नपर्ने घटना भइरहेजस्तो, केही उल्टो भइरहेजस्तो । म क्षण–क्षण नजानिँदो पीडाले ग्रस्त भइरहेको अनुभव गर्दथेँ । यदाकदा त सम्पूर्ण प्रक्रिया बीचैमा छाडेर सिनेमाहरूमा मन नपरेको विवाह गर्नुपर्दा जग्गेमा बस्नुअघि नै बेहुलीलाई जग्गेमा नै छाडेर भागेजस्तो गरी भागूँभागूँ लाग्थ्यो । तर किन हो मैले व्यवहारमा त्यस्तो गर्न चाहिनँ, यथेष्ट उत्प्रेरण र शक्तिपनि आफूभित्र पाइनँ ।

मन अलि दह्रो गरेर आँट गर्न खोज्यो कि मेरा मनमा नानाभाँतिका कुरा खेल्न सुरु हुन्थे । कस्तो लाग्थ्यो भने मेरो इच्छाविरुद्ध नै भएपनि कुनै त्यस्तो कसैको पनि नभएको काम त भइरहेको थिएन ! कसै न कसैसँग, कुनै न कुनै वेला मैले यस प्रक्रियाबाट गुज्रनु नै थियो ।

आखिर थुनेर जबर्जस्ती गरी राखिएको म असहाय बच्चा पनि त होइन । यतिविधि दिशाविहीनजस्तो भएर, यस्तो विधि असहायपन अनुभूत गर्नुमा कतै मेरो असाधारण रूपले कोमल र कमजोर अन्तरमन त जिम्मेवार छैन ? म बारम्बार आफैँसँग प्रश्न गर्थेँ । म सानैदेखि अलि बढी पिन्चे पनि थिएँ । आफूलाई मन नपरेको कुरा पनि व्यक्त गर्न नसकेर भित्रभित्रै कुँढिएर बस्ने, हक्की भएर प्रतिरोध गर्न नसक्ने मेरो सानैदेखिको बानी हो । यसरी भित्रभित्रै तर्क गरेर मनमनै चित्त बुझाउन पनि कति कोसिस गरेँ, तर जति गरे पनि सकिँन ।


विवाहपछिको पहिलो रात मलाई तिमीसँग बोल्ने उत्साह र जाँगर पनि थिएन । त्यसैले म त्यसदिन असाध्यै पेट दुखेको बहाना गरी केही नखाई सुतेँ । तर निद्रा कहाँ लाग्नु ? ढाँटेको रहस्य खुल्ला भनेर अस्पताल जान पनि मानिनँ । म सबै चाल पाइरहेको थिएँ । तिमी रातभरि ननिदाईकन सोफामा छटपटाइरह्यौ । एकान्त भएपछि तिमी पलङनेर आउँदै मलाई हेर्दै जाँदै गरेको थाहा भइरह्यो । तिमीसँग बोल्नुपर्ला भनेर म निद्रा नलागे पनि आँखा चिम्लेर सुतेको बहाना गर्न भित्तापट्टि फर्केर नचटपटाई लडिरहेँ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भोलिपल्ट बिहान नुहाइवरी बाआमालाई ढोगेर तिमी त सबै सङ्कोच त्यागी पुरानी दुलहीझैँ मेरो हेरचाह गर्न कस्सियौ । तर म भने अप्ठेरोमा परेँ । आमाले ‘अब तेरो स्याहार गर्ने मान्छे यता छ’ भनेर तिमीतिर देखाउँदा तिमी लाजले रातो भयौ, तर म भने कहिल्यै नउम्कने पासामा परेको मृगझैँ भित्रभित्रै व्यथित भइरहेँ । दिनभरि एक गिलाँस सुपमात्र खाएर पेटको व्यथाभन्दै मनको व्यथाले सुतिरहेको म साँझपख कतिखेर निदाएँछु पत्तै भएन ।

निद्रामा मैले एउटा बडो मीठो सपना देखेँ । ‘धेरै दिनपछि म पहिलेजस्तो स्फूर्ति र उर्जासाथ ओछ्यानमा पल्टेको रहेँछु ।

कसैको हात अत्यन्त स्नेहसाथ मेरो पेट, छाती र निधारमा स्पर्श गर्दै मलाई आनन्दित पार्दै थियो । म आनन्दको अनुभवको एकपछि अर्को तह पार गर्दै प्रसन्नचित्तले आफ्ना दुवै हातहरू अगाडि बढाउँदै मलाई सुमसुम्याउने हातहरू पक्डेर तिनलाई मुसार्न थालेँ । एकछिनको झस्काइपछि अघिका ती दुवै हातहरू फेरि मेरो शरीरलाई अझ गहिरोसँग स्पर्श गर्दै खेल्न लागे । आनन्दातिरेकले गर्दा प्रत्युत्तरमा मैले आफ्ना दुवै हातले ती हातपछाडिका मधुरो प्रकाशको छायाँमा छोपिएको शरीरलाई च्याप्प समाएर आफूतिर तानेँ ।

त्यहाँ शरीर एकपटक हलुकासँग थरर्र काम्यो अनि एकछिनको हिचकिचाहटपछि मेरो शरीरमाथि बिस्तारै निहुरिँदै गयो । उसको न्यानो सासले मेरो अनुहारका चेतन स्नायुलाई तरङ्गित गर्दै उसका दुवै ओठले झन्डै मेरा ओठ छुन लागेका वेलामा अघिसम्म मन्दप्रकाशमा स्पष्ट नदेखिएको उसको अनुहार झ्वाट्ट मेरा आँखाअगाडि आफ्नो सम्पूर्ण सुन्दर र आकर्षणसहित स्पष्ट भएर आयो ।

अनि त्यो परिचित अनुहार र त्यसपछाडिको शरीरमा लुकेका आनन्दका सम्भावना मेरा अगाडि एकएक गरेर स्पष्ट भए । एक्कासि मैले नचाहँदा–नचाहँदै मेरो निद्रा खुल्यो । म ब्युँझिदा तिमी हतारहतार मेरो हात छुटाएर ढोकातिर दौडियौ । अनि म छततिर एकटक लगएर हेर्दै त्यो अनौठो मीठो सपना र त्यसको सम्झनासँग खेल्न लागेँ ।

म तिमीलाई प्रेम गर्दिनँ । तिमीप्रति मेरो कुनै आकर्षण छैन । तिमी र म सँगै जिन्दगी बिताउनपट्टि लाग्यौँ भने हामी दुवैको जीवन नरकभन्दा कष्टकर हुनेछ ।

त्यो एक छिनको सपनाले मैले अहिलेसम्म महसुस गर्दै आएको तर स्वीकार गर्न नसकेको मेरो व्यक्तित्वको महत्वपूर्ण पक्षलाई अस्वीकार गर्न नमिल्ने गरी स्पष्ट गरिदिएको छ । अब मेरो बाआमा, तिमी र सम्पूर्ण समाजलाई म धोकामा राख्न चाहन्नँ । नत्र हामी सबैले असीमित कष्ट भोग्नुपर्ने हुन्छ । अब जतिसुकै अप्रत्याशित र अनौठो भएपनि सृष्टिको यस रोमान्सलाई स्वीकार गर्नु मै सबैको कल्याण छ । किनभने अब मलाई यथार्थ के हो भन्ने स्पष्ट भएको छ ।

कुनै पनि व्यक्ति त्यही हो जो उसका अन्तर्मनका आँखाले देखेर भाग्दछन्, त्यो होइन जो अरुकाबाहिरी आँखाले हेरेर उसलाई बनाउँदछन् । संसारमा सबैभन्दा सुन्दर कुरो सत्य हो । सत्यभन्दा केही छैन, त्यो पनि निर्वस्त्र आफ्नो मौलिक जन्मजात स्वरूपमा ।
म यथार्थमा अरु कसैलाई प्रेम गर्दछु जुन साँचो प्रेमलाई स्विकार्न समाजको डरले र परिवारप्रतिको कर्तव्यबोधले उ र म असमर्थ थियौँ, सत्य त्यहीँ हो, त्यसबाट टाढा हुँदा म यतिविधि बेचैन र पीडित भएको थिएँ ।

त्यो प्रेम असाधारण भएपनि त्यसको स्वरूप त्यही हो, जुनअघि मैले देखेँ र देखेपछि मेरा सबै बेचैनी र अन्तद्र्वन्द्व हराए । ईश्वरले यस सत्यको रचना यसरी नै गरेको छ भने यसको सम्मानबाटै म, तिमी, बाआमा, समाज सबै यथार्थमा खुसी भएर बाँच्न सक्छौँ । तिमी र म बढीमा असल साथी हुन सक्छौँ, जीवनसाथी होइन । कारण मैले अघि सपनामा देखेको र स्पर्श गरेका ती सुन्दर हात, अनुहार, न्यानो सास, तिनको मिठास भौतिक रूपमा तिम्रै भएपनि मेरो अवचेतन सूक्ष्म मस्तिष्कलाई आह्लादित र रोमाञ्चित गर्ने अस्तित्व मेरो प्रेमीको हो जसको भौतिक बनावट नारीको भएर मेरैजस्तो छ, अर्थात् ऊ पनि एक पुरुष नै हो ।

म तिनै पुरुषलाई औधी माया गर्छु । अब म समलिंगी भएको कुरा लुकाउन चाहन्न । हो, म पुरुष समलिंगी हुँ । मेरो प्रेमी पनि पुरुष नै हो । त्यसकारण मेरो जीवनसाथी बन्ने हकपनि उसैको छ । हामी अल्पसंख्यक हुन सक्छौँ तर सृष्टिकै अंश हौँ !


(डा. पोखरेलको सृष्टिको रोमान्स पुस्तकमा रहेको एक प्रतिनिधि कथाको सम्पादीत अंश)

 

प्रकाशित मिति: शनिबार, चैत २, २०७५  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्