• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

डाक्टर भित्रका विचित्र मानव !

64x64
नेपाल लाइभ शनिबार, चैत २, २०७५  १२:४८
1140x725

बारम्बर भन्ने गरिन्छ, ‘डाक्टर भगवान होइन ।’ यसको अर्थ डाक्टर मानव स्वास्थ्यको जानकार मात्रै हो । मुख्य कुरा ऊ आफै मानव हो । त्यसैले उसमा मानवीय गुण वा दोष आम मानव भन्दा भिन्न हुन सक्दैनन् । ती गुण वा दोष पेशासँग जोडिदा देखिने विभिन्न चित्र यसप्रकार छन्ः

 

डा. दधिची

 

धनी परिवारमा जन्मेका डा. दधिचीलाई कहिल्यै डाक्टर बन्छु भन्ने लागेको थिएन । तर, उनको वुवाले करकापमा पारेर भएपनि धेरै खर्च गरेर उनलाई डाक्टर बनाए । डाक्टर पढ्दा धेरै खर्च भएको कुरा दिमागमा छ । ब्यापारिक घरानाका भएकाले उनलाई त्यो धेरै कमाउन गरिएको लगानी जस्तो पनि लाग्छ । अहिले उनको काम गर्ने तरिका देख्दा उनी त्यो लगानीको बढी भन्दा बढी प्रतिफल खोजिरहेका छन् जस्तो लाग्छ ! ब्यापारिक पृष्ठभूमिका उनमा ब्यापारिक गुणहरु अझै धेरै देखिन्छन् । उनी महंगो गाडी चढ्छन्, क्लिनिकमा टिकट नकाटेको बिरामीको नमस्कार फर्काउन पनि चाहदैनन् । उनका नियमित बिरामीहरु प्रायः धनाढ्य परिवारकै हुन्छन् ।

 

डा. दुर्वासा

 

नाम अनुसारकै छ, डा. दुर्वासाको ब्यबहार । जो कोही उनीसँग बोल्न पनि डराउँछ । रिस त उनको नाकैमा झुण्डिएको जस्तै लाग्छ । उनको क्लिनिकमा हरेक कुरा मिलेको हुनुपर्छ । बिरामीले आफ्नो रोगबारे जिज्ञासा राख्दा उनको उत्तर हुन्छ, ‘तपाईं डाक्टर कि म डाक्टर ?’ धेरैपटक कुटाइ खानबाट जोगिएका तर पनि सुध्रिने छाँटकाँट नभएका उनी एक्लै बस्न मन पराउँछन् । उनको परिवारको बारेमा कसैलाई पनि थाहा छैन । किनकि उनलाई सोध्ने हिम्मत त कसले गर्नै सक्दैन । उनी हार्ड ड्रिंक्सका शौखिन हुन् ।

 

Ncell 2
Ncell 2
nimb
nimb

डा. बैद्य

 

शान्त स्वाभावका डा.बैद्य बिस्तारै बोल्छन् । कहिल्यै नरिसाउने उनले काम गर्न थालेको २० वर्ष पुगिसक्यो, जहिल्यै उनी स्कुटरमा देखिन्छन् । उनलाई एलोप्याथिक औषधी भन्दा आयुर्वेदिक औषधी र प्राकृतिक चिकित्सामा बढी विश्वास छ । बिरामीहरुलाई बेला–बेला योगा पनि सिकाइरहेका हुन्छन् । प्रेसरका विरामीलाई करेला खाने, निमपत्ता खाने सल्लाह दिइरहन्छन् । एउटै बिरामी हेर्न कम्तिमा आधा घण्टा लगाउँछन् । धर्ममा पनि उत्तिकै लगाव छ उनको । क्लिनिकको कोठामा पनि भगवानका प्रशस्तै तस्बिर सजाइएका छन् ।

 

डा.एमआर

 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नयाँ कारमा हुन्छन् उनी । महंगा मोबाइल फेरिरहने बानी छ । विदेश भ्रमणमा पनि निस्किरहन्छन् । गफ निकै मिठो गर्छन् । बिरामीलाई चाहिने भन्दा बढी नै औषधी भिडाउन सक्नु उनको खुबी हो । चिटिक्क परेर बस्ने उनको साथमा जहिले पनि दुई जना एम.आर ( मेडिकल रिप्रेजेन्टेटिभ) हुन्छन् । उनीहरुलाई आफ्नो पिएको जस्तो जिम्मेवारी दिएका छन् । उनको घरमा हरेक महिना महंगा सामग्री औषधी कम्पनीबाट सिधै आइपुग्ने हल्ला सुनिन्छ ।

 

डा. केके

 

के.के अर्थात् किरण कुमार । प्रख्यात सर्जन । तर, सबै उनलाई कसाइँ कुमार भन्छन् । अप्रेसनमा साह्रै सिपालु उनी ‘हरेक रोगको उपचार सर्जरी नै हो’ भन्ने मान्यता राख्छन् । उनकोमा गएको बिरामी अप्रेसनबिना फर्किने संभावना निकै कम हुन्छन रे ! विरामीसँग कमै बोल्ने उनी बाहिर भन्दा ओ.टी. (अप्रेसन थिएटर)मा रमाउँछन् । उनको ठाउँका मान्छे कसैका पनि एपेन्डिक्स र पित्तथैलि छैनन् रे ! किनभने उनले अप्रेसन गरेर झिक्दिसके । उनी पैसाको खासै लोभ गर्दैनन् । गरिब विरामीको सित्तैमा अप्रेसन गरिदिन्छन् ।

 

डा. बिजि

 

बि.जि अर्थात् बिजय जिसी । उनी आफूलाई डा. बिजि भन्न रुचाउँछन् । हुन पनि सधैं बिजि हुन्छन् । उनी हिँडिरहेका हुन् कि दौडिरहेका हुन्, सहकर्मीले कहिल्यै पत्ता लगाउन सकेनन् । मोबाइलामा निरन्तर बोल्छन् । बिरामी हेरिरहेको अवस्थामा पनि मोबाइलमा कुरा गर्न सक्ने खुबी छ उनको ! सधैं हतारमा देखिन्छन् । न्युनतम एक घन्टा ढिलो मात्रै हस्पिटल आइपुग्छन् । आउने बित्तिकै सबैलाई अत्याइदिन्छन् । किनभने हरेक कुरा टाइममा हुनुपर्छ भन्ने मान्यता छ उनको ! एउटा बिरामीलाई दुई मिनेट समय दिन्छन् । बिरामीले केही जिज्ञासा राख्यो भने उत्तर हुन्छ, ‘अहिले यो औषधि खानुस्, भएन भने फेरि भेटौँला ।’ बिहान छ बजे घरबाट निस्किने उनी रातको १० बजे मात्रै घर पुग्छन् ।

 

डा. पिपि

 

पी.पी अर्थात् प्रेम प्रसाद । तर, सबैले उनलाई परीक्षण प्रसाद भनेर चिन्छन् । बिरामीको समस्या सुन्न भन्दा बढी परिक्षण गर्छन् । अर्थात् इन्भेस्टिगेसनमा उनको ठूलो रुची छ । ल्याबको रिपोर्ट हेरेपछि बिरामी हेर्नै नपर्ने उनको मान्यता छ । हरेक टाउको दुखाईका लागि सिटी स्क्यान र पेट दुखाईका लागि भिडियो एक्स रे गर्नुपर्ने उनको दृढ विश्वास छ । शंकालु पाराका उनी ‘हरेक सानो कुरामा ठूलो समस्या लुकेको हुन्छ’ भन्ने मान्यता राख्छन् ।

 

डा. मैंहुँ

 

उनको असली नाम मोहम्मद हुसेन हो । तर, उनी डा. मैहुँका नामले प्रख्यात वा यसरी भनौं कुख्यात छन् । मेडिकल प्य्राक्टिसको २५ वर्ष भइसकेको छ उनको । आफ्नो ठाउँका नामुद डाक्टर हुन् । उनको समयमा कम्पिटिसनमा आउनसक्ने कोही थिएनन् । आजभोलि भने नयाँ प्रतिस्प्रर्धिहरु आउन थालेका छन् । उनमो घमण्ड घट्नुको साटो झन् बढेर गएको छ । कसैलाई मान्छे गन्दैनन् । बिरामीलाई छुन पनि खोज्दैनन् । उनको आत्मविश्वास भन्छ, ‘म जस्तो एक्सपिरिएन्स्ड डाक्टरले बिरामी जाँच्नै पर्दैन, हेरेरै रोग पत्ता लगाइदिन्छु ।’ उनले क्लिनिकमा आफ्नो लागि आरामदायी सोफा र बिरामीका लागि सानो स्टुलको ब्यबस्था गरेका छन् !

 

डा. साइनो

 

यो उनको उपनाम हो । आफ्नो नाम पत्ता लगाउन उनी आफैँले समेत नागरिकता हेर्नुपर्छ ! किनभने उनको बानीका कारणले बिरामी र सहकर्मीले डा. साइनो भन्छन् । उनीकहाँ आउने हरेक बिरामी उनको आफन्त पर्छ । किनभने उनी थर, उमेर र ठाउँ जताबाट मिल्छ त्यतैबाट साइनो लगाएर पठाउन सक्छन् । बिरामीसँग साइनो गाँसेर मीठो कुरा गर्छन् । आफ्नै उमेरकालाई साथी, अलिकति बढीकालाई दाई दिदी, बुढाबुढीलाई बुवाआमा, सानालाई नानी, बाबु भनेर साइनो लगाउँछन् । थर र ठाउँ मिल्यो भने त आफ्नै दाजुभाई र बाआमा भन्दा नजिक ठान्छन् ! प्रशस्त समय दिएर बिरामीका समस्या सुन्छन् । बिरामीहरु उनीदेखि सन्तुष्ट पनि छन् । दुई सन्तानका पिता उनको पारिवारिक जीवन पनि सुखी छ । उनले हेरेका बिरामी औषधीले होइन उनको कुराले निको हुन्छन् । जस्तो जटिल समस्या आाएपनि उनले रिफर नगरेसम्म बिरामीहरु अर्काे ठाउँमा जाँदैनन् ।

 

डा. बक्र

 

नाम अनुसारकै ब्यवहार भएका मान्छे हुन् उनी । उनले डाक्टरी कम र राजनिती बढी गर्न जानेका छन् । अरु डाक्टरका कुरा काट्न र अरुलाई गाली गर्न खप्पिस छन् । अरुले डाक्टरले लेखेको औषधी काटिदिने र बिरामीका अघि उक्त डाक्टरलाई होच्याउने गर्छन् । आफूले लेखेको औषधी बाहेक अरु औषधी नखान बिरामीलाई कडा चेतावनी दिन्छन्। बेला–बेलामा डाक्टर संघको चुनाबमा उठ्छन् । तर, अहिलेसम्म उनले जितेको कसैले थाहा पाएको छैन । कुरामा चाहिँ आफू जन्मजात राजनीतिक क्षमता भएको मान्छेका रुपमा अघि सार्छन् ।

 

माथिका उदाहरणहरु डाक्टर(हामी)मा भएका मानवीय गुण, अवगुणहरुको उच्चतम बिन्दु हुन् । यीनका केही अंश सबै डाक्टरमा हुन्छन् । तीमध्ये कोहीमा बढी होलान् त कोहीमा कम मात्रै । बिरामी भएर वा विरामी लिएर डाक्टरलाई भेट्दा डाक्टरहरुमा माथि उल्लेखित गुण अरुले पनि पक्कै भेटेका छन् । यी हामी भित्रका मानवीय गुण वा अवगुणहरुका चित्रण हुन् । यसले आफ्नो बारेमा सोच्न, बुझ्न, आफ्नो दृष्टिकोण र बिरामीप्रतिको ब्यवहार बुझ्न र परिमार्जन गर्न समेत सहयोग गर्न सक्छ ।

(पुनश्चः प्रोफेसर जोन मुर्ताघको पुस्तक ‘जनेरल प्राक्टिस’बाट नेपालीकरण गरिएको हो ।)

 

प्रकाशित मिति: शनिबार, चैत २, २०७५  १२:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्