पाल्पा- नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन्। उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्नेमा पनि उनले जोड दिए।
प्रेस युनियन पाल्पा शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले प्रेसमाथिको अंकुश लगाउने कार्य सहन नसकिने बताए। प्रकाशन र अभिव्यक्ति स्वतन्त्रतमाथि राज्यले दमन गर्न नहुने उनको भनाइ थियो।
नेपाली काङ्ग्रेस र प्रजातन्त्र पर्यावाची शब्द जस्तै रहेको बताउँदै उनले प्रतिपक्षका रुपमा रहेको काङ्ग्रेस रेलिङ भाच्ने पार्टी नभएको बताए।
नेपाली काङ्ग्रेस हिन्दु धर्मको पक्षमा रहेको भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले नेपालको संविधानको व्यवस्था मान्ने बताए। गिरिजाप्रसाद कोइरालको धर्म निरपेक्षताको नेतृत्व गरेकाले शेखर र शशांक कोइरालाले हिन्दु धर्मका पक्षमा बोलेर केही नहुने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।