काठमाडौं– सुनसरीको कोसी गाउँपालिका–७ हरिहपूर आर्मीक्याम्पस्थित माइक्रो बस दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्।
बिहान करिब ४ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ४ ख ४१६ नं को सातकोसी हायस माइक्रो बस आफैं अनियन्त्रित भई सडकको दाहिने किनारको रुखमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटना परि घाइते हुनेहरूमा बसका चालक सिन्धुली तीनकन्या बस्ने २२ वर्षीय सुदीप ठकुरी,यात्रीहरू मोरङको बेलबारी–१० बस्ने ३३ वर्षीय नारायण भट्टराई, सुनसरी हरिहरपुर–७ बस्ने ३७ वर्षीय भीम भट्टराई, विराटनगर–४ बस्ने प्रकाश नेपाल, झापाको ७० वर्षीय प्रेम लिम्बू, विर्तामोडको ७६ वर्षीय कृष्ण बहादुर लिम्ब र काभ्रेको धुलिखेल बस्ने ३८ वर्षीय सुमन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई उपचारका लागि0 बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।