काठमाडौं- प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीत समाचार सम्प्रेषण गरेको भन्दै 'अनलाइन आवास डट नेट'लाई स्पष्टीकरण सोधेको छ।
बिहीबार अनलाइन आवास डट नेटमा सम्प्रेषित ‘शृङ्खलाबद्ध बम विष्फोट, २२ को मृत्यु’ शीर्षककाे समाचारलाई लिएर २४ घण्टे स्पष्टीकरण साेधिएकाे हाे।
लिबियाको बम विष्फोटको घटनाको समाचारलाई अनलाइन आवाज डट नेटको फेसबुक पेजमा ‘भर्खरै काठमाडौंमा डरलाग्दो बम विष्फोट, ३३ भन्दा बढीको ज्यान गयो, बाँकी विवरण आउन बाँकी’ शीर्षकमा प्रकाशित गरिएकाे समाचारले आचारसंहिता उल्लङ्घन गरेको काउन्सिलकाे ठहर छ।
काउन्सिलका उप–प्रशासकीय अधिकृत रामशरण बोहराले आज विज्ञप्ति जारी गरी 'सो समाचार आचारसंहिता विपरीत के-कति कारणले सम्प्रेषण गर्नुपरेको हो, २४ घण्टाभित्र स्पष्टीकरण दिन सम्पादकको नाममा स्पष्टीकरण माग' गरेका छन्। अन्यथा प्रचलित ऐन, कानुनबमोजिम कारबाही हुने काउन्सिलले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।