जनकपुर– पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा शान्ति भएपछि मात्रै विकास हुने बताएका छन्। शुक्रबार जनकपुरधामस्थित जानकी मन्दिरमा माता जानकीको दर्शनपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै शाहले देशमा शान्ति भएपछि मात्रै विकास हुने भएकाले आफू देशको शान्तिका भ्रमणमा निस्केको जानकारी दिए।
ज्ञानेन्द्रले भने, ‘म मधेसको भ्रमण होइन देशको भ्रमणमा आएको हुँ, तराई पनि देशको अभिन्न अंग हो। देशमा शान्ति आएपछि देशसँगै तराईको पनि विकास हुने हो।’
पूर्वराजा शाहले जानकी मन्दिरमा करिब १० मिनेट पूजापाठ गरी रामजानकी विवाहस्थल मडवाको समेत अवलोकन गरेका थिए।
शाहलाई स्वागत गर्न हजारौंको संख्यामा उनका समर्थक, राप्रपा संयुक्तका नेता कार्यकर्तासहित स्थानीयको उल्लेखनिीय सहभागिता रहेको थियो।
उनलाई स्वागत गर्न दिउँसो २ बजेदेखि नै जानकी मन्दिरमा भिड लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।