• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

आकस्मिक गर्भनिरोधक चक्कीका फाइदा - बेफाइदा

64x64
नेपाल लाइभ शुक्रबार, चैत १, २०७५  २२:२४
1140x725

प्रेम र सेक्समा कतिखेर के आइपर्न सक्छ, भन्न सकिन्न । विभिन्न कारणले आकस्मिक र अनिच्छित गर्भ रहन सक्ने अवस्था आउन सक्छ । यसको एउटा कारण असुरक्षित शारीरिक सम्पर्क हुनसक्छ । नचाहिँदो गर्भ रह्यो भने महिलाले विभिन्न समस्या भोग्नुपर्छ । गर्भपतनका जोखिम, बच्चा जन्माएपछिका आर्थिक संकट आदिले महिलाको जिन्दगी तनावग्रस्त हुनसक्छ । अनिच्छित र अनावश्यक गर्भबाट बच्ने सबैभन्दा राम्रो उपाय आकस्मिक गर्भ निरोध नै हो ।

महिला र पुरुषको सहमतिमा हुने शारीरिक सम्पर्कमा परिवार नियोजनको साधन प्रयोग नगरिएको हुनसक्छ । गरिएपनि कहिलेकाहीँ साधन असफल हुन सक्छ । जस्तो, कन्डम च्यातिएर, या नियमित परिवार नियोजनको चक्की प्रयोग नगरेर या गर्न बिर्सेर या परिवार नियोजनका अस्थायी साधन उपलब्ध नभएर अनावश्यक गर्भ रहनसक्छ । दम्पत्तिबीचको सहवासमा पनि यस्ता त्रुटी हुन सक्छन् । यस्ता अवस्थामा आकस्मिक गर्भ रहन सक्ने सम्भावना हुन्छ । यी बाहेक बलात्कारको शिकार बनेका महिलाले पनि पेट बोक्न सक्छन् । अनावश्यक र अनिच्छित गर्भ रोक्ने कसरी त ? 

आकस्मिक गर्भनिरोधक चक्की
यस चक्कीको  प्रयोग असुरक्षित सम्पर्क हुँदा वा परिवार नियोजनको अस्थायी साधनको असफलतापछि अनावश्यक गर्भ रोक्ने सुरक्षित र सरल तरिका हो ।
यसले कसरी काम गर्छ  ?

यसले अनावश्यक गर्भ रोक्न तीन तरिकाले काम गर्नसक्छ 
१) यसले डिम्बाशयबाट निस्कने डिम्बलाई रोक्नसक्छ
२) डिम्बलाई शुक्रकिटसँग मिलेर भ्रुण बनाउनबाट रोक्नसक्छ
३) बनिसकेको भु्रणलाई पाठेघरमा टाँसिन र भु्रणलाई बढ्नबाट रोक्नसक्छ

तर, के जान्न एकदमै जरुरी छ भने डिम्ब गर्भाशयमा जोडिसकेको छ भने आकस्मिक गर्भनिरोधक चक्कीले काम गर्दैन । यो गर्भ तुहाउने चक्की होइन । त्यसैले शरीरिक सम्पर्क भएको कति घण्टाभित्र यसलाई प्रयोग गरे, यो प्रभावकारी हुन्छ, थाहा पाउनु आवश्यक छ ।

Ncell 2
Ncell 2
nimb
nimb

चक्की कहिले प्रयोग गर्ने ?
तपाईँको असुरक्षित सम्पर्क भएको छ र तपाईँ गर्भवती हुन चाहनुहुन्न भने तपाईँले चाँडोभन्दा चाँडो आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गर्नुपर्छ । सम्पर्क भएको ७२ घन्टा (तीन दिन) भित्र यो चक्की खाइसक्नुपर्छ ।

यी अवस्थामा महिलाले यो चक्की प्रयोग गर्न सकिन्छ
१. अरू परिवार नियोजनका अस्थायी विधि र साधन असफल भएमा
२. असुरक्षित सम्पर्क भएमा
३. अस्थायी साधन प्रयोग गर्न बिर्सेमा
४. बलात्कारजस्ता दुर्घटनामा परेमा

चक्कीका बेफाइदाहरू
यस चक्कीको प्रयोगले महिलाको स्वास्थ्यमा खासै प्रतिकूल प्रभाव पार्दैन । यो सबै महिलाले खान सक्छन् । यो खाएपछि महिलालाई वाक वाक लाग्ने, बान्ता हुने, टाउको, सानो पेट र स्तन दुख्नेजस्ता केही समस्या आएपनि ती दुईतीन दिनपछि आफैँ हराएर जान्छन् । कहिलेकाहीँ योनीबाट रगत जाने पनि हुनसक्छ । यसमा डर मान्नुपर्दैन । तर, रगत धेरै बग्यो भनेचाहिँ तुरुन्त अस्पताल गइहाल्नुपर्छ । यो चक्की खाएपछि महिनावारी अगाडि आउनसक्छ वा पछाडि जानसक्छ ।
आकस्मिक गर्भ निरोधक चक्की तीनदिन पछि या गर्भ रहिसकेको अवस्थामा खानुभयो भने यसले काम गर्दैन । यसलाई गर्भ निरोधका लागि नियमित प्रयोग गर्न सकिन्न र यसले यसले एचआइभी, एड्स तथा योनरोगबाट बचाउँदैन । कसैलाई यसको एलर्जी छ भने यो प्रयोग गर्नुहुँदैन ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कति अवधिसम्म यो चक्की असरदायी हुन्छ ?
कुनै छोटो अवधिमा धेरैपटक सम्पर्क गरेपछि पनि यो चक्कीले काम गर्छ तर चक्की लिनुभन्दा अघि सबै सम्पर्क ७२ घण्टा भित्र नै भएको हुनुपर्छ । यो चक्की खाएपछि महिनावारी नभएसम्म अरू परिवार नियोजनका अस्थायी  विधि प्रयोग गर्नुपर्छ ।

चक्की प्रयोग गर्नुअघि स्वास्थ्य जाँच गर्नुपर्छ ?
साधारणतया यो चक्की खानुअघि डाक्टरसँग जचाउनु जरुरी छैन । तर, तपाईँ कुनै गम्भीर रोगले पीडित हुनु हुन्छ, या कुनै औषधि नियमित खाइरहनुभएको छ भने गर्भनिरोधक चक्की खानुअघि डाक्टरको सल्लाह लिनु राम्रो हुन्छ ।

चक्कीमा के हुन्छ ?
आकस्मिक गर्भ निरोधक चक्कीमा लेभोनोर्जेस्स्ट्रेल भन्ने हार्माेन हुन्छ । सम्पर्क भएको ७२ घण्टा भित्र एक चक्की खाए पुग्छ । बान्ता हुनबाट बच्न खाली पेटमा चक्की खानुहुँदैन । खाना खाएपछि खानुपर्छ या बान्ता नहुने औषधि खाएपछि खानुपर्छ । चक्की खाएको तीन घण्टाभित्र बान्ता भए अर्को एउटा चक्की खानुपर्ने हुन्छ ।
- डा. एन्जल मगर  

 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  २२:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्