लसुनलाई खाना स्वादिस्ट बनाउने मसला मात्रै ठान्नु लसुनप्रतिको ठूलो अन्याय हो । मानव स्वास्थ्यका लागि धेरै लाभदायी गुण हुन्छन् लसुनसँग । एसिडिटीको समस्यामा यसको प्रयोग असाध्यै लाभदायी मानिन्छ । लसुनले उच्च रक्तचाप कन्ट्रोल गर्न मद्दत गर्छ ।
यसले रगत प्रसारणमा नियन्त्रण गरेर कतिपय अवस्थामा मुटुका रोग लाग्नबाट समेत जोगाउँछ ।पेटका रोग जस्तै डाइरियाका लागि यसको प्रयोग असाध्यै प्रभावकारी ठानिएको छ । त्यसैगरी प्राचन प्रक्रियालाई यसले सघाउँछ । आत्तिने वा तनावबाट सिर्जना हुने एसिडिटी कन्ट्रोल गर्न पनि काम आउछ ।
लसुनमा रहेको डिटक्सिफिकेसन गुणका कारण विश्वमैं वैकल्पिक चिकित्सामा यसलाई सबभन्दा राम्रो खाद्य सामग्री मानिएको हो । यो त्यति शक्तिशाली हुन्छ, कतिपय परजीविलाई शरीरभित्रै सिध्याइदिन्छ । मधुमेह र कति प्रकारका क्यान्सर समेत निको गर्न यसले मद्दत गर्छ । लसुन श्वासप्रश्वास प्रणालीका लागि पनि राम्रो हुन्छ । यसले टिबी, दम, निमोनिया, रुघालगायतका रोगको रोकथाम गर्न सक्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।