काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका राजनीतिक क्रियाकलापमा प्रतिबन्ध लगाएको सरकारले पुष्टि गरेको छ।
सरकारका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्म्मेलनमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले यसलाई पुष्टि गरे।
उनले विप्लव समूहलाई ‘आपराधिक तथा विध्वंशकारी’ घोषणा गरी प्रचलित कानुन अनुसार कारबाही गर्ने निर्णय गरेको जानकारी दिए। ‘त्यस समूहलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गर्न आवश्यक थियो,’ उनले भने, ‘त्यही काम सरकारले गरेको हो।’
त्यस्तै सकारले अवैध हातहतियार तथा खरखजना नियन्त्रणमा लिन सूचना जारी गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए।
अवैध तथा दर्ता नभएका हातहतियार तथा खरजना ३५ दिनभित्र जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनालाई बुझाउन सकिने उनले बताए।
उनका अनुसार तोकिएको अवधिमा हतियार तथा खरजना बुझाउनेलाई कुनै कारबाही गरिने छैन।
यो पनि पढौं :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।