• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कति छ विप्लवसँग हतियार?

दिमागमा बन्दुक भएपछि हतियारको खाँचो हुँदैन : विप्लव
64x64
नारायण अधिकारी बिहीबार, फागुन ३०, २०७५  १६:१९
1140x725

काठमाडौं– ‘विप्लवले बन्दुक कति लुकाएको छ भन्ने गरिन्छ। यो कुरा गर्दाखेरी प्रचण्डजीलाई सोध्नुपर्छ। प्रचण्डजीले सबै बन्दुक हामीले बुझाइसक्यौ भन्नुभा'छ। त्यसकारण यो प्रश्न मलाई सोध्नुभएन। तर बन्दुक कति छ? छ/छैन? भन्दा मैले भन्ने गरेको छु, यहाँ (टाउकोतिर हातले देखाउँदै) बन्दुक भयो भने जतिखेर पनि आइपुग्छ। मान्छेको दिमागमा बन्दुक छ भने जतिखेर पनि आइपुग्छ। अहिलेको विश्वमा बन्दुक अभावको महसुस नगर्नुस्।’

२०७१ मंसिरमा मोहन वैद्य (किरण) नेतृत्वको माओवादीबाट नेत्रविक्रम चन्द (विप्लव) समूह अलग भएपछि पहिलो केन्द्रीय कमिटी बैठकमा एक केन्द्रीय सदस्यले 'युद्ध त लड्ने तर हामीसँग हतियार चाहिँ कति छ?' भनेर सोधिएको प्रश्नमा विप्लवले दिएको उत्तर थियो त्यो।

बैठकमा उपस्थित केही केन्द्रीय सदस्यले विप्लवलाई लिखित प्रश्न पनि गरेका थिए। 

अबको संघर्ष गाम्रीण नै हो कि कस्तो हुन्छ?

'यसमा सबै हुन्छ। एउटा गाउँमा मात्रै लड्ने काठमाडौंमा नलड्ने भन्ने हुँदैन। काठमाडौंमा मात्रै लड्ने गाउँमा नलड्ने, त्यसो हुँदैन। अहिले गाउँको जनतामात्रै पीडित छैनन्। आजको जो संसदवादी दलहरुले गरिरहेका निर्णयहरु, विदेशीका इसारामा भएका हर्कतहरु त्यसको मारामा सहरका मानिस पनि छन्। त्यसको मारमा किसानमात्रै होइन। बुद्धिजीवी र मध्यम वर्ग पनि छ। मलाई लाग्छ त्यसको मारमा राष्ट्रवादीहरु पनि छन् र राष्ट्रिय पुँजीपति वर्ग पनि छ। यी सबैलाई एकताबद्ध गरेर लड्नु आजको संघर्षको स्वरुप हो। त्यसकारण सबैतिरबाट एकैपटक लड्नुपर्छ। गाउँ र सहर भन्ने हुँदैन।' विप्लवले जवाफमा भनेका थिए।

सुन्नुस अडियो-

त्यसबेला केन्द्रीय कमिटीमा विप्लवले दिएका यी जवाफ अहिले मिल्दै गएको देखिन्छ। प्रहरीले पछिल्लो समय विप्लव समूहबाट फुत्तफुत्त अत्याधुनिक हतियार, म्याग्जिन, गोली बरामद गर्नु र विप्लवले हतियारको अभाव नहुने बताउनु संयोग मात्रै हो वा वास्तविकता? त्यो पुष्टि हुँदै जाला। सरकारले विप्लव समूहको गतिविधिलाई प्रतिबन्ध लगाउने घोषणा गरेपछि त्यसको जवाफ समेत विप्लवले दिइसकेका छन्। एक विज्ञप्ति जारी गर्दै उनले 'मुखतोड जवाफका लागि पूर्ण रुपले तयार भइसकेको' बताएका छन्। यसले विप्लव पार्टी हतियार सुसज्जित बन्दै गएको हो त भन्ने प्रश्नसमेत खडा गरेको छ। अझ विगतमा हतियार बरामद भएका केही घटनालाई हेर्ने हो भने झनै शंका गर्ने ठाउँ देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

यी सबैलाई एकताबद्ध गरेर लड्नु आजको संघर्षको स्वरुप हो। त्यसकारण सबैतिरबाट एकैपटक लड्नुपर्छ। गाउँ र सहर भन्ने हुँदैन।' विप्लवले जवाफमा भनेका थिए।

दसवर्षे सशस्त्र संघर्ष छाडेर माओवादी शान्ति प्रक्रियामा आएपछि बेला-बेलामा अत्याधुनिक हतियार बरामद हुन थालेका थिए। २०७० कात्तिक २८ गते जाजरकोट सदरमुकाम खलंगास्थित पिपेको रानी वनमा प्लास्टिकले बेरेर खाल्डो खनेर गाडिएको अवस्थामा प्रहरीले ४४ थान एसएलआर, ६ थान थ्री नट थ्री, २ थान टु इन्च मोर्टार र एके-४७ मा प्रयोग हुने ३ सय ८५ राउन्ड गोली बरामद गरेको थियो। २०७१ साउन ६ गते एके-४७ राइफलसहित मनाङबाट नवीन र उजिर मगर समातिएका थिए।  

२०७३ पुस ३ गते जुम्लाबाट २ थान एसएलआर बन्दुक बरामद भयो।  

२०७५ फागुन २३ गते कपिलवस्तुस्थित विप्लवको गाउँमा सर्च गरेर प्रहरीले एसएमजी २ थान, त्यसको गोली ६८ राउन्ड, त्यसको म्याग्जिन ३ थान, ५४ टाइप पेस्तोल १ थान, त्यसको म्याग्जिन १ थान, त्यसको गोली ३ राउन्ड, ५.५६ क्यालिभरको राउन्ड १ सय ३१ पिस, थप म्याग्जिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरु १ बोरा (२५ केजी) बरामद गर्‍यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसभन्दा अघि फागुन १५ गते प्रदेश–१ प्रहरीले धरानबाट एलएमजी (लाइट मेसिन गन) र एम–१६ एकएक थानसहित विप्लव समूहका संगीत भनिने देवकुमार लिम्बूलाई पक्राउ गर्‍यो।

कति छन् विप्लव समूहसँग हतियार?
सशस्त्र युद्धका तत्कालीन माओवादीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल आर्मीबाट थुप्रै हतियार लुटेको थियो। प्रहरीका ३ हजार ४ सय ९, सशस्त्रका १ हजार ८ सय ६९ र सेनाका ८ सय गरी ५ हजार २ सय ८६ हतियार माओवादीले त्यसबेला लुटेको थियो। आफूसँग भएका अन्य हतियारसहित ६ हजार ७८ थान हतियार माओवादीसँग थियो।

तर, शान्ति प्रक्रियामा आउँदा माओवादीले ३ हजार ४ सय ७५ थान हतियार मात्रै संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (अनमिन) को निगरानी अन्तर्गत राख्यो। 

बाँकी २ हजार ६ सय ३ हतियार कता गए? त्यसको उत्तर अहिलेसम्म सरकारले पाउन सकेको छैन। 

वैद्यसँग इन्सास, एसएमजीसहित ३, रामबहादुर थापा (बादल) सँग २, विप्लवसँग ३, मातृकासँग ४ थान हतियार थिए। तर उनीहरुले उक्त हतियार बुझाए कि बुझाएनन्, त्यो अझै रहस्यमै छ।

२०६९ मंसिर १० गते १४ सय ६० माओवादी लडाकु नेपाली सेनामा समाहित भएपछि तिनै बाँकी हतियार बुझाउन २०६९ चैत २२ गतेसम्मको म्याद तोकिएको थियो। 

चैत २२ गतेसम्म पनि हतियार नबुझाएपछि मन्त्रिपरिषद् बैठकले २०७० बैसाख मसान्तसम्मको म्यादसमेत दिएको थियो। त्यस अवधिमा जम्मा ६२ थान हतियार बुझाएको तथ्यांक गृह मन्त्रालयसँग छ। त्यसबेला प्रचण्डले बाँकी हतियार खोलाले बगाएको बताएका थिए।

हतियार फर्काउन सरकारले ताकेता गरिरहेको बेला माओवादी पार्टी, प्रचण्ड, वैद्य, मातृका यादव, मणि थापाको नेतृत्वमा ५ वटा पार्टी थिए। 

स्रोतका अनुसार त्यसबेला मोहन वैद्यसँग इन्सास, एसएमजीसहित ३, रामबहादुर थापा (बादल) सँग २, विप्लवसँग ३, मातृकासँग ४ थान हतियार थिए। तर उनीहरुले उक्त हतियार बुझाए कि बुझाएनन्, त्यो अझै रहस्यमै छ।

त्यसबेला सरकारलाई नबुझाएका २ हजारभन्दा बढी थान हतियार अझै फेला पर्न सकेको छैन। यीमध्ये धेरैजसो हतियार विप्लव समूहले लगेको हुन सक्ने आँकलन गरिएको छ।

‘हतियारमा खिया लागिसक्यो, अब काम लाग्दैन’
विप्लव समूहको गतिविधि बढेपछि चारवटै सुरक्षा निकायले सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ।

आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना संकलन गर्न सेनाको सैनिक विनय महानिर्देशनालय (डिजिएमआई), नेपाल प्रहरीको विशेष ब्युरो, सशस्त्र प्रहरीको विशेष संयन्त्र र राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) ले विप्लव समूहका गतिविधि, तिनीहरुले पार्न सक्ने प्रभावका बारेमा सूचना संकलन गर्दै आएका छन्। 

उनीहरुले विप्लव समूह आन्तरिक सुरक्षाको चुनौती बन्दै गएको भनेर सरकारलाई रिपोर्टिङ पनि गर्दै आएका छन्। सुरक्षा निकायको रिर्पोटिङकै आधारमा सरकारले उक्त समूहलाई प्रतिबन्धसमेत लगाइसकेको छ।

ती अधिकृतले भने, ‘यी सबै कुरा विश्लेषण गर्दा उनीहरुसँग ५ देखि ७ सयसम्म हतियार हुन सक्ने हाम्रो आँकलन हो।’

सुरक्षा निकायले विप्लव समूह कति शक्तिशाली छ, कति हतियार छन् भन्नेबारे पनि गोप्य रुपमा लेखाजोखा गरिरहेको छ। विप्लव समूहलाई नजिकबाट नियालेका प्रहरीको विशेष ब्युरोका एक अधिृकत विप्लव समूहसँग ५ देखि ७ सयसम्म हतियार भएको बताउँछन्। 

‘उनीहरुले गरेका गतिविधि, बम विस्फोटको क्षति, पक्राउ पर्दा फेला परेका विभिन्न दस्तावेज, पक्राउ परेकाहरुको बयानसमेत हामीले नजिकबाट नियालेका छौं,’ ती अधिकृतले भने, ‘यी सबै कुरा विश्लेषण गर्दा उनीहरुसँग ५ देखि ७ सयसम्म हतियार हुन सक्ने हाम्रो आँकलन हो।’

उनीहरुसँग भएका यी हतियारमध्ये थोरै संख्यामा मात्रै काम लाग्ने ती अधिकृतले बताए। ‘हतियारलाई हरेक हप्ता सफा गर्दै तेल लगाएर टल्काएर राख्नुपर्छ। खिया लागेपछि हतियारले काम गर्दैन,' उनले भने, 'उनीहरुले सुरक्षा निकायबाट बच्न खाल्डो खनेर अर्थात् कतै लुकाएर राखेका होलन्। यति लामो समयसम्म त्यसरी राखिएका हतियारमा खिया लागिसक्छ।’

हतियार बुझाउन ३५ दिने अल्टिमेटम
सरकारले अवैध हातहतियार तथा खरखजना नियन्त्रणमा लिन सूचना जारी गर्ने निर्णय गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अवैध तथा दर्ता नभएका हातहतियार तथा खरजना ३५ दिनभित्र जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनालाई बुझाउन सूचना जारी गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन सिंहदरबारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले तोकिएको अवधिमा हतियार तथा खरजना बुझाउनेलाई कुनै कारबाही नगरिने जनाए।

उनले विप्लव समूहलाई ‘आपराधिक तथा विध्वंशकारी’ घोषणा गरी प्रचलित कानुन अनुसार कारबाही गर्ने निर्णय गरेको पनि बताए। ‘त्यस समूहलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गर्न आवश्यक थियो,’ उनले भने, ‘त्यही काम सरकारले गरेको हो।’

यो पनि : विप्लव समूहबाट बरामद हतियार कति खतरनाक?

प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  १६:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्