बागलुङ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बागलुङका निमित्त कार्यालय प्रमुख विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आइतबार विशेष अदालतमा मालपोत अधिकृत विश्वनाथ शर्मा विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। जग्गाको रजिष्ट्रेशन पास गरी दाखिला खारेज प्रयोजनका लागि सेवाग्राहीकोसँग १० हजार घुस लिदै गर्दा उनलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो।
भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद तथा बिगो र जरिवाना अख्तियारको आरोप पत्रमा माग गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।