• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत २१, २०८२ Sat, Apr 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सार्वजनिक सवारी कम्पनीमा दर्ता हुने म्याद तेस्रो पटक थपियाे

64x64
नेपाल लाइभ बिहीबार, फागुन ३०, २०७५  ०७:१२
1140x725

- पूर्णप्रसाद मिश्र/रासस

काठमाडौं- सामाजिक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका यातायात समितिलाई कम्पनीमा जाने समय ३ महिना थपिएको छ।

सङ्घीय संसद्‍का दुवै सदनबाट नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि समितिलाई कम्पनीमा जाने अवधि थपिएको हो। कम्पनी ऐन, २०६३ को दफा ९ मा संशोधन भएपछि ३ महिना थप भएको यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए।

कम्पनी ऐनको दफा ९ को उपदफा (१) पछि उपदफा (१क) थपिएको छ। जसमा ‘उफदफा १ मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानुनबमोजिम दर्ता भई सञ्चालित यातायात व्यवसायी समितिमा आबद्ध यातायात व्यवसायी मिली प्राइभेट कम्पनी स्थापना गरी यातायात व्यवसाय सञ्चालन गर्न यो उपदफा प्रारम्भ भएको मितिले तीन महिनाभित्र निवेदन दिएमा उपदफा (१) मा लेखिएभन्दा बढी शेयरधनी सङ्ख्या भए पनि त्यस्तो प्राइभेट कम्पनी दर्ता गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था गरिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन १९ गते विधेयक प्रमाणीकरण गरेकी थिइन्। प्रमाणीकरण गरेको ३ महिना अर्थात् जेठ १९ गतेसम्म समितिका सवारी कम्पनीमा दर्ता भई विभागमा पञ्जीकरण हुनुपर्ने जनाइएको छ। यसअघि दुई पटकसम्म कम्पनीनमा दर्ता भई विभागमा पञ्जीकरण हुनुपर्ने म्याद थप भइसकेको छ।

गत वर्ष चैत १८ गते विभागले नयाँ मापदण्ड ल्याई असार मसान्तसम्म समितिका सवारी कम्पनीमा दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो। मापदण्डले नै सामाजिक संस्थाका रूपमा नयाँ समिति दर्ता नगर्ने र दर्ता भइसकेकालाई साउनपछि नवीकरण नगर्ने व्यवस्था भएको थियो।

असार मसान्तसम्म कमै यातायात व्यवसायी मात्र कम्पनीमा दर्ता भएकाले साउनपछि मङ्सिर मसान्तसम्म म्याद थपिएको थियो। मङ्सिर मसान्तसम्म करीब एक हजार व्यवसायी मात्र कम्पनीमा दर्ता भएको विभागले जनाएको छ। मङ्सिर मसान्तपछि कति सवारी कम्पनीमा दर्ता भई विभाग र त्यसअन्तर्गतका कार्यालयमा पञ्जीकरण भए भन्ने तथ्याङ्क सङ्कलन भइरहेको जनाइएको छ।

मङ्सिर मसान्तमा फागुन मसान्तसम्मका लागि म्याद थप भएको थियो। फागुनमै संसद्बाट पारित भएको विधेयकमा तीन महीना थप भएपछि पुनः यातायात क्षेत्रका समस्या ब्युँतिन सक्ने उपभोक्ताको गुनासो छ।

nimb
nimb
Ncell 2
Ncell 2

सार्वजनिक यातायात : सकसको यात्रा

गत वर्षको मापदण्डअनुसार विभागले यातायात क्षेत्र सुधारको काम अघि बढाउन नसकेको उपभोक्ता मञ्चका केन्द्रीय सदस्य रोशन पोखरेलले बताए। यातायातमा एकाधिकार छैन भनिए पनि अझै नयाँ व्यवसायीले सवारी चलाउन सक्ने अवस्था नरहेको उनले दाबी गरे।

'माइक्रोमा १३ जनाभन्दा बढी यात्रु अटाउने ठाउँ हुँदैन, परिचालकले उल्टो पारेर ४ जना, २ जनाको सीटमा थप एक/एक गरी ३ जना समेत ७ जना थप यात्रु राख्छ, उभ्याइने सङ्ख्या पाएजति हुने गर्दा पनि विभागले अनुगमन गरेको छैन, यसका कारण दुर्घटनासमेत हुने गरेको छ', उनले भने।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा भएका व्यवस्था कार्यान्वयन हुन नसक्दा पनि यात्रु पीडा भोग्न बाध्य छन्। सार्वजनिक यातायातमा यात्रा गर्नु सकस र दण्ड पाएजस्तो हुने गरेको यात्री शर्मिला न्यौपानेको गुनासो छ।

सार्वजनिक यातायातका परिचालकले बोल्ने र यात्रुलाई गर्ने व्यवहार मानवीय हुन नसकेको उनको भनाइ छ। 'महिला यात्रुले भीडभाडका सार्वजनिक यातायातमा दुर्व्यवहार नै भोग्ने गरेका छन्', उनले भनिन्, 'ऐनमा भएको प्रावधानअनुसार परिचालकलाई अनुमति पत्र दिने व्यवस्था कार्यान्वयन नहुँदा परिचालकको दादागिरी बढेको छ।'

ऐनको व्यवस्थाअनुसार यातायात निरीक्षक नियुक्त गरी सार्वजनिक यातायातको अनुगमन गराउने काम पनि हुन सकेको छैन। सार्वजनिक यातायातमा यात्रा गर्नेलाई टिकट दिनुपर्ने व्यवस्था पनि बढी भाडा लिन नपाइने भएकाले परिचालककै कारण कार्यान्वयन हुन नसकेको मञ्चका सदस्य पोखरलकाे दाबी छ।

छोटो दूरीमा सरकारी संस्थाको समेत सेयर रहेको साझा यातायातले मात्र हाल यात्रुलाई टिकट दिइरहेको छ। टिकट दिने व्यवस्था गरे यातायात व्यवसायीलाई पनि आयआर्जनको हिसाब किताब राख्न सहज हुने भएपनि कर बढी तिर्नुपर्ने भएकाले यो व्यवस्था कार्यान्वयन हुन नसकेको उपभोक्तावादीले बताएका छन्।

यातायात क्षेत्रमा रहेका विकृति गत वर्ष आएको मापदण्डसँगै हट्ने विश्वास गरिए पनि प्रगति नहुँदा यातायात क्षेत्रका समस्या झाँगिदै गएको छ। सार्वजनिक यातायात व्यवस्थित हुन नसक्दा प्रत्येक दिन हैसियतअनुसार मोटरसाइकल, कारलगायत सवारीसाधन आयात गर्नेको सङ्ख्या बढ्दै गएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  ०७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति
इरानको ७० प्रतिशत स्टिल उत्पादन क्षमता नष्ट भएको इजरायली प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
इरानको ७० प्रतिशत स्टिल उत्पादन क्षमता नष्ट भएको इजरायली प्रधानमन्त्रीको दाबी शुक्रबार, चैत २०, २०८२
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त शुक्रबार, चैत २०, २०८२
काँग्रेस संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन गर्ने निर्णय शुक्रबार, चैत २०, २०८२
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
संसदीय दल नेता चयन गर्न कांग्रेस सभापति थापाले बनाए निर्वाचन समिति शुक्रबार, चैत २०, २०८२
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण बिहीबार, चैत १९, २०८२
व्यवसायी दीपक भट्ट पक्राउ बिहीबार, चैत १९, २०८२
बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्