• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ३०, २०८३ Sat, Aug 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

अन्तिम फैसला नआएसम्म व्यापारी मल्होत्राको १४ करोड भ्याट फिर्ता नहुने

64x64
नेपाल लाइभ आइतबार, फागुन १९, २०७५  १८:१९
1140x725

काठमाडौ- सामसुङ मोबाइलका लागि नेपालको आधिकारिक बिक्रेता कम्पनीका सञ्चालक व्यापारी दीपक मल्होत्राले मोबाइल निर्यातबापत् दाबी गरेको भ्याट रकम तत्काल फिर्ता नपाउने भएका छन्। आइएमएस वर्ल्ड प्रालिका सञ्चालक मल्होत्राले मोबाइल निर्यातको झुठो विवरण पेस गर्दै दाबी गरेको १४ करोड रुपैयाँ तत्काल फिर्ता दिन नसकिने ठुला करदाता कार्यालयले जानकारी दिएको छ। 

सर्वोच्च अदालतमा दर्ता भएको भ्याकेटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपनि मुद्दाको अन्तिम किनारा नभएकाले त्यसको टुङ्गो नलागेसम्म रकम निकासा नगर्ने पक्षमा करदाता कार्यालय पुगेको स्रोतले बताएको छ। 

अन्तरिम छलफलका समयमा सर्वोच्चले भ्याट फिर्ता दिन मिल्ने वा नमिल्ने विषय फैसला हुँदा बोलिने भनेकाले करदाता कार्यालय यस्तो निष्कर्षमा पुगेको एक कर अधिकृतले बताए। अर्थ मन्त्रालय र आन्तरिक राजश्व विभागमा करदाता कार्यालयले सर्वोच्चको पत्रपछि राय मागेको थियो। 

अदालतमा मुद्दा विचराधीन रहेकाले रकम फिर्ता गर्न हतार नगर्न मन्त्रालयले राय दिएपछि ठुला करदाता कार्यालयले यस्तो निर्णय गर्न लागेको हो। 

मलहोत्राले आफ्नै कम्पनी खडा गर्दै निर्यात नै नगरेको मोबाइल वापतको भ्याट दाबी गर्दै १४ करोड ४८ लाख ३९ हजार ६ सय ६४ रुपैयाँ मूल्य अभिवृद्धि कर फिर्ताका लागि निवेदन दिएका थिए। 

२०७५ साउन ७ गते दोस्रो पटक दिएको निवेदनमा समेत ठुला करदाता कार्यालयले फिर्ता दिन नमिल्ने जवाफ दिएको थियो। 

व्यापारी  मल्होत्राको  कम्पनी आइएमएस वर्ल्डले नेपालमा सामसुङ कम्पनीको मोबाइल सेट आयात गर्दै आएको छ। 

तर, मल्होत्राले आफन्तका नाममा दर्ता भएका थप तीन कम्पनीमार्फत् मोबाइल आयात गरेर निर्यात गरेको ठुला करदाता कार्यालयको अध्ययनमा खुलासा भएपछि भ्याट फिर्ता पाउने कार्य रोकिएको हो। 

nimb
nimb
Ncell 2
Ncell 2

मल्होत्राले आइएमएस वर्ल्डसहित इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स प्रालिमार्फत् मोबाइल आयात र हिमालयन इलेक्ट्रोनिक्स प्रालिमार्फत निर्यात भएको देखाएका थिए। 

ठुला करदाता कार्यालयले भ्याट फिर्ता गर्न इन्कार गरेपछि मलहोत्रा सर्वोच्च पुगेका थिए। सर्वोच्चको एकल इजलासवाट उनको पक्षमा आदेश समेत जारी भएको थियो। सर्वोच्चले एकतर्फी रुपमा अन्तरिम आदेश जारी गरेको दाबी गर्दै ठुला करदाता कार्यालयले पनि भ्याकेटमा निवेदन दिएको थियो। 

मल्होत्राले शतप्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गर्ने उद्देश्यले दुई कम्पनी खडा गरेको ठूला करदाता कार्यालयले दाबी सर्वोच्चमा गरेको थियो। 

सरकारले निर्यात प्रोत्साहन गर्न कच्चा पदार्थमा लागेको भ्याट फिर्ता दिने व्यवस्था गरेको छ। तर, मल्होत्राले यही प्रावधानलाई टेकेर आयात गरेको मोबाइल अर्को देशमा निर्यात गरेर भ्याट फिर्ता लिने गरेका उसको दावी थियो। ऐनअनुसार कुनै पनि सामान आयात गरी निर्यात गर्दा भ्याट फिर्ताका लागि तेस्रो कम्पनी हुनुपर्नेछ। 

निर्यात गरेको भनी मल्होत्राले दाबी गरेका मोबाइल सेटहरु चीन, भियतनामलगायतका देशमा उत्पादन भएका हुन्। उक्त मोबाइल सेटहरु भारतको सामसुङ इन्डिया इलेक्ट्रोनिक्स प्रालिबाट आयात गरी युएईमा रहेको कम्पनी कृष्ण इन्टरनेसनल एफजेडई दुबईलाई बिक्री गर्ने गरेको देखाएका थिए।

ती सेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयमार्फत हवाई माध्यमबाट बिक्री गर्ने गरेको मल्होत्राले देखाएका थिए। 

यसरी गरिएका थियो राज्यकोषको दोहन
मल्होत्राले आर्थिक वर्ष २०७२/०७३, २०७३/०७४ मा यही प्रक्रियाबाट शतप्रतिशत भ्याट फिर्ता लिँदै आएका थिए। त्यसैगरी २०७४/०७५ का लागि पनि उनले सोही प्रक्रिया अनुसार २०७४ साउनदेखि चैतसम्म मोबाइल निर्यात गरेको देखाएका छन्। 

यसरी निर्यात गरेको भनिएको मोबाइल मल्होत्राको कम्पनी आइएमएस वर्ल्ड र इन्टिग्रेटेड मोबिलिटी सोलुसन्सबाट हिमालयन इलेक्ट्रोनिक्सले आन्तरिक खरिद गरेको देखाइएको थियो। आन्तरिक रुपमा खरिद गरे वापतको ११ करोड ४२ लाख २८ हजार १ सय ३८ रुपैयाँ भ्याट फिर्ताका लागि मल्होत्राले ठूला करदाता कार्यालयमा २०७५ जेठ १ गते निवेदन दिएका थिए। उक्त निवेदनमा ठूला करदाता कार्यालयले कुनै जवाफ दिएन। 

ठूला करदाता कार्यालय मौन बसेपछि मल्होत्राले थप निर्यात गरेको दाबी गर्दै १४ करोड ४८ लाख ३९ हजार ६ सय ६४ रुपैयाँ मूल्य अभिवृद्धि कर फिर्ताका लागि २०७५ साउन ७ गते पुनः निवेदन दिए। उनले २०७४ साउन १ देखि जेठ मसान्तसम्म मोबाइल निर्यात गरेको दाबी गरी भ्याट फिर्ता माग गरेका थिए। 

मल्होत्राको कम्पनीले बारम्बार भ्याट फिर्ताका लागि ताकेता गर्न थालेपछि ठूला करदाता कार्यालय झस्किएको थियो। आर्थिक ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी शतप्रतिशत भ्याट फिर्ता लिने गलत मनासाय रहेको भन्दै फिर्ता गर्न नमिल्ने उसले जवाफ दिएको थियो। 

ठुला करदाता कार्यालयले ऐन बमोजिम ४० प्रतिशत कर फिर्ताको सुविधा उपयोग नगरी फर्जी काम गरी शतप्रतिशत नै रकम फिर्ता लिन लागेको ठहर गर्दै सर्वोच्चसम्म ठुला करदाता कार्यालय पुगेको थियो।

यो पनि पढ्नुहोस्ः

राज्यकोष दोहनमा दीपक मल्होत्रा : भ्याट फिर्ताका लागि पेस गरेको विवरण शंकास्पद

राज्यकोष दोहनमा दीपक मल्होत्रा : मोबाइल निर्यातका नाममा १४ करोड भ्याट फिर्ताको चलखेल

राज्यकोष दोहनमा व्यापारी दीपक मल्होत्राः निर्यात गरेको भनिएको ७२ हजार मोबाइल खोइ?

प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५  १८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे
सम्बन्धित सामग्री
पत्रकार श्रेष्ठको घर र कार्यालयमा खानतलासी उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार किशोर श्रेष्ठको घर र कार्यालयमा खानतलासी गरेको छ। बिहीबार, साउन २८, २०८३
माधव नेपाल प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउने आदेश मंगलबार विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा यस्तो आदेश गरेको हो । मंगलबार, साउन २६, २०८३
इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या कफी वा चियाको तुलनामा इनर्जी ड्रिंक्सको एउटै क्यान वा बोतलमा धेरै मात्रामा क्याफिन हुन सक्छ, जुन कहिलेकाहीँ धेरै कप कफी बराबर हुन्छ।... मंगलबार, साउन २६, २०८३
ताजा समाचारसबै
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने शनिबार, साउन ३०, २०८३
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? शनिबार, साउन ३०, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्