पोखरा– गण्डकी प्रदेश सरकारले हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई श्रद्धाञ्जली व्यक्त गरेको छ।
प्रदेशको मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले उनीहरूको निधनप्रति दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।
मन्त्री अधिकारीको शव भोलि पोखरामा ल्याइने हुँदा श्रद्धाञ्जली तथा शव यात्रामा सहभागी हुन प्रदेश सरकारले प्रेस विज्ञप्तिमार्फत् सबैलाई आग्रह गरेको छ।
मन्त्री अधिकारीको शव दिउँसो १ बजे पोखरामा नयाँबजार स्थित प्रर्दशनी केन्द्रमा श्रद्धाञ्जलीको लागि राखिनेछ।
श्रद्धाञ्जली कार्यक्रमपछि शवलाई प्रदर्शनी केन्द्रबाट नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगी राजकीय सम्मानका साथ अन्तेष्टी गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।