राजविराज– सप्तरीमा करेन्ट लागेर बाबुको मृत्यु भएको छ भने १२ वर्षीय छोरा घाइते भएका छन्। खडक नगरपालिका–९ लिलजा टोलका ३५ वर्षीय वीरेन्द्र चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।
उनका छोरा १२ वर्षीय कृष्णको अवस्था गम्भीर छ। घर बनाउने क्रममा छड (डण्डी) सिधा पार्न खोज्दा छडले बिजुलीको तार छोएर दुवैलाई करेन्ट लागेको थियो।
घाइते अवस्थामा फेला परेका उनीहरूलाई उपचारका लागि सिरहाको लहानस्थित राउ स्मारक अस्पतालमा भर्ना गरिएको थियो।
बाबुको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर गुरु तिम्सिनाले बताए।
कृष्णलाई थप उपचारका लागि विराटनगर पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको तिम्सिनाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।