चितवन– नारायणगढको सहिदचोकस्थित ग्लोबल आइएमई बैंकमा आज दिउँसो ३ बजे आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो।
स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३ः३५ मा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीका कारण बैंकका शाखा प्रबन्धकको कार्यकक्षमा रहेको फर्निचर तथा कम्प्युटर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीबाट मानवीय क्षति भने भएको छैन ।
आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।