विराटनगर– ब्रेक फेल भएको बसबाट ज्यान जोगाउन हाम फाल्दा धनकुटामा एक जनाको मृत्यु भएको छ।
सुनसरीको धरानबाट धनकुटा जाँदै गरेको को १ ख ७१६९ नम्बरको बस धनकुटाको साँगुरी गाउँपालिका ७ स्थित कात्तिकेमा पुगेपछि ब्रेकफेल भएको थियो।
अवस्थाको जानकारी पाएपछि ५ जनाले बसबाट हामफालेका थिए। बसबाट हामफाल्दा घाइते भएका सबैलाई उपचारका लागि सुनसरीको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो।
उपचारका क्रममा ६० वर्षीय वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
मृतकको पहिचान खुलेको छैन। अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।