काठमाडौं– दुईदिने औपचारिक भ्रमणका लागि चिनियाँ फुटबल संघका अध्यक्ष चाइ झिन्हुआ आज नेपाल आएका छन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार चाइ झिन्हुआ आज दिउँसो १ काठमाडौँ आइपुगेका छन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिना, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर र पूर्वमहासचिव धिरेन्द्र प्रधानले स्वागत गरेका थिए।
झिन्हुआसँग चीन र नेपालबीच फुटबलको क्षेत्रमा हुनसक्ने सहकार्यका विषयमा छलफल हुने महासचिव तुलाधरले जानकारी दिए। दुई दिने नेपाल भ्रमणमा रहेको बेला चिनियाँ खेलकूद मन्त्रालयका सहमन्त्रीसमेत रहनुभएका झिन्हुआले फुटबलका क्षेत्रमा हुनसक्ने सहकार्यका विषयमा एन्फासँग औपचारिक सम्झौतासमेत गर्ने बताइएको छ।
“दुई देशबीच मैत्रीपूर्ण फुटबल खेल खेलाउन तथा फुटबलको पूर्वाधार निर्माणमा प्राप्त गर्न सकिने सहयोगमा विषयमा छलफल हुनेछ”, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।