लिभरपुल- इंग्लिस प्रिमियर लिग लिडर लिभरपुलले वाटफोर्डमाथि सानदार जित हात पारेको छ। लिभरपुलले बुधबार भएको खेलमा ५-० को जित हात पारेको हो।
लिभरपुलका लागि साडियो माने र भान डेकले २-२ गोल गरे। मानेले खेलको नवौं र २० मिनेटमा गोल गरेका थिए। ओरिगीले ६६ मिनेटमा लिभरपुलको अग्रता ३-० मा पुर्याएका थिए।
भान डेकले खेलको ७९ र ८२ मिनेटमा गरी २ गोल गर्दा लिभरपुल खेलमा हाबी बन्यो।
लिगको अर्को खेलमा साविक विजेता म्यानचेस्टर सिटीले वेस्ट ह्याममाथि १-० को संघर्षपूर्ण जित हात पारेको छ। सिटीको जितमा सर्जियो अग्युरोले ५९ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए।
यता म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई ३-१ ले पराजित गर्दा चेल्सीले टोटनह्यामथि २-० को जित हात पारेको छ। आर्सनलले वर्नमाउथलाई ५-१ ले पाखा लगाएको छ।
लिगमा लिभरपुल ६९ अंकसहित पहिलो, सिटी ६८ अंकसहित दोस्रो र टोटनह्याम ६० अंकसहित तेस्रो स्थानमा छ। चौथो स्थानको आर्सनलको ५६, पाँचौ स्थानको म्यानचेस्टर युनाइटेडको ५५ र छैटौ स्थानको चेल्सीको ५३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।