बेंगलुरु- दोस्रो टी-२० खेलमा ग्लेन म्याक्सवेलले सानदार शतक प्रहार गरेपछि अस्ट्रेलियाले भारतमाथि ७ विकेटको जित हात पारेको छ। जितसँगै २ खेलको सिरिज अस्ट्रेलियाले २-० ले आफ्नो पक्षमा पारेको छ।
बुधबार भारतले दिएको १ सय ९१ रनको लक्ष्य अस्ट्रेलियाले २ बल बाँकी छदा ३ विकेटको क्षतिमा पार गर्यो। अस्ट्रेलियाका लागि म्याक्सवेलले नटआउट १ सय १३ रन जोडे। उनले ५५ बलमा ७ चौका र ९ छक्का प्रहार गरे।
त्यसअघि भारतले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९० रन जोड्यो। भारतका लागि कप्तान विराट कोहलीले नटआउट ७२ रन जोडे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।