उदयपुर– कटारी नगरपालिका– ८ घुम्ती बस्ने १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चितवन कठार नगरपालिका–४ घर भई हाल कटारी नगरपालिकाؘ– ८ श्री जनप्रिय निमावि सिरिसेका अस्थाई शिक्षक २८ वर्षीय बिनोद लोहनीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
पढाउने बहाना गरी लोहनीले बालिकाको घरको कोठामा गएर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चेक प्वाइन्ट बेतिनीबाट खटिएको प्रहरीले लोहनीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।