दुबई– श्रीलंकन क्रिकेट टिमका पूर्वकप्तान सनथ जयसूर्यामाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले २ वर्षको प्रतिबन्ध लगाएको छ।
श्रीलंकाका लोकप्रिय व्यक्तित्व मध्येका एक जयसूर्यालाई आइसिसीको एन्टी करप्सन युनिटले अनुसन्धानमा असहयोग गरेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो। अब जयसूर्याले सन् २०२१ सम्म क्रिकेट सम्बन्धि गतिबिधिमा भाग लिन पाउनेछैनन्।
गत अक्टोबरमा उनलाई आसिसीको दुई वटा एन्टी करप्सन नियम मिचेको भन्दै कारबाही गरिएको थियो। उनले एन्टी करप्सन युनिटलाई अनुसन्धान लागि वाधा पुर्याएको र असहयोग गरेको भन्दै कारबाही गरिएको थियो।
जयसूर्याले अनुसन्धानका लागि आफ्नो मोबाइल फोन दिन अस्विकार गरेका थिए। यद्यपी जयसूर्याले आफूले कुनै भ्रस्टाचार र फिक्सिङ नगरेको भन्दै खण्डन गरेका थिए।
आइसिसीको एन्टी करप्सन युनिटले श्रीलंका क्रिकेटमा अनियमितताबारे एक वर्षअघि अनुसन्धान थालेको थिए। युनिटले श्रीलंका क्रिकेटमा भ्रष्टाचार व्यापक भएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।