लन्डन– चेल्सीका गोलकिपर केपा अरिजाबालागालाई कारबाही गरिएको छ।
आइतबार म्यानचेस्टर सिटीविरुद्धको इएफएल कपको फाइनलमा उनलाई प्रशिक्षक माउरिजियो सारीले पेनाल्टी सुटआउट अघि उनलाई प्रतिस्थापन गर्न खोजेका थिए। तर उनी अस्विकार गर्दै मैदानमै बसेका थिए।
प्रशिक्षक सारीको निर्देशन नमानेका उनलाई एक साताको तलब जरिवाना तिराइने भएको छ। केपाले आफ्नो गल्ति स्विकार गरेको चेल्सीले बताएको छ। केपाले भनेका छन्, 'खेलका दौरान असमझदारी भएको थियो। मैले ठूलो गल्ति गरे।'
प्रशिक्षक सारीले पनि गोलकिपर केपाले गल्ति स्विकार गरेकाले बाँकी कारबाहीको जिम्मा क्लबको भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।