• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नयाँ हवाई प्रवेश विन्दुमा भारतको दोहोरो चरित्र

भैरहवा र जनकपुर प्रवेश विन्दुका लागि संयुक्त आवेदन
64x64
नेपाल लाइभ सोमबार, फागुन १३, २०७५  १३:०५
1140x725

काठमाडाैं- विश्वका विभिन्न मुलुकबाट नेपाल आउने विमानकाे प्रवेश विन्दुका लागि भारतीय पक्षले दिनुपर्ने सबैभन्दा बढी अत्यावश्यक मानिएकाे पश्चिम नेपालतर्फ नयाँ हवाई प्रवेश विन्दुमा दोहोरो चरित्र देखाएको छ।

भारतीय विमानपत्तन प्राधिकरणले गत जेठको पहिलो साता भएको दुईपक्षीय सम्झौताको उल्लंघन गर्दै नेपालका लागि अति आवश्यक हवाई प्रवेश विन्दु महेन्द्रनगरको सट्टा जनकपुर र भैरहवातर्फबाट मात्रै दिने भएको छ।

भारतीय पक्षले पश्चिमतर्फको नयाँ हवाई प्रवेश विन्दु नदिने संकेत केही महिना अगाडि नै दिएकाे थियो। पश्चिमतर्फको हवाई प्रवेश विन्दुको सट्टा भारत र नेपालले संयुक्तरुपमा जनकपुर र भैरहवा प्रवेश विन्दुको लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनमा प्रस्ताव गरेका छन्।

प्राधिकरणका महानिर्देशक सन्जीव गौतमका अनुसार भैरहवा र जनकपुरमा 'क्रसबोर्डर एयर इन्ट्री रूट'को उडान कार्यविधि र 'वाइ डिरेक्सन' बनाउन दुबै देशका नागरिक उड्डयन निकायले संयुक्त आवेदन दिएका हुन्। भारतीय पक्षले पश्चिम दिशा हुँदै नेपाल आउने विमानका लागि नयाँ हवाई प्रवेश विन्दु नदिने निष्कर्षमा पुगेसँगै नेपालले जनकपुर र भैरहवा रुटकै लागि भएपनि संयुक्तरुपमा आवेदन दिएको प्राधिकरण स्रोतले बताएको छ। भैरहवा र जनकपुर विन्दुबाट अहिले जहाज बाहिर जान मात्रै पाउँछन। अब दुबै देशकाे प्रस्तावलाई आइकाओले अध्ययन गरी यी रुटमा अनुमति दिएको अवस्थमा भने भैरहवा र जनकपुरबाट पनि विमान नेपाल प्रवेश गर्न पाउँछन्।

आइकाओले अध्ययन गरेपछि उडान कार्यविधिसहितको 'क्याटलग' निकाल्छ। त्यसपछि रूट स्थापित हुन्छ।

पश्चिम रुटमा भारतको अडान

असोज अन्तिम साता भारतमा भएको दुईपक्षीय प्राविधिक टोलीको छलफलमा भारतीय पक्षले पश्चिम नेपालको मेहन्द्रनगरदेखि नेपालगञ्जसम्मको कुनै पनि ठाउँबाट नयाँ प्रवेश विन्दु दिन नसक्ने बताएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नयाँ हवाई प्रवेश विन्दुको विषय सुल्झाउन दुबै देशका प्राविधिक टोली खटाउने सहमति भएको थियो। तर, उक्त सहमति भएको ५ महिना पनि नबित्दै भारतीय पक्ष पश्चिम नेपालको कुनै पनि बिन्दूबाट विमान नेपाल प्रवेश गर्न नदिने पक्षमा पुगेको हाे।

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री केपी शर्मा ओली सरकारको ६ महिने उपलब्धिमा समेत उक्त विषय समावेस भएको थियो। नेपालको लागि सबैभन्दा बढी प्राथमिकतामा रहेको पश्चिम नेपालको प्रवेश विन्दुको सट्टा पूर्वतर्फको विराटनगर, जनकपुर र भैरहवा प्रवेश विन्दु मात्रै दिनसक्ने अडान भारतीय पक्षले दोहाेर्‍याएको थियो।

तर, गत जेठमा भएको सम्झौता भन्दा बाहिर गई भारतीय पक्षले पश्चिम नेपालतर्फको प्रवेश बिन्दू नदिनकै लागि भैरहवा प्रवेश बिन्दूको ’ललिपप’ मात्र देखाएको पुष्टि हुन्छ।

सम्झौतामा नयाँ हवाई प्रवेश विन्दुको विषयमा दुईपक्षीय प्राविधिक टोली मिलेर ‘सेफ्टी एसिसमेन्ट’ गरी टुंगो लगाउने निर्णय भएको थियो। तर, पुनः भारतीय पक्षले विराटनगर र जनकपुरबाट हवाई प्रवेश विन्दु दिन कुनै समस्या नरहे पनि पश्चिम नेपालको नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई प्रवेश बिन्दू दिन भने आर्मी बेस क्याम्पको समस्या रहेको भन्दै आलटाल गरिरहेको थियो। अन्तत: भारतीय पक्षले पश्चिम विन्दुको सट्टा भैरहवा र जनकपुर विन्दुमै नेपाललाई चित बुझाउन बाध्य बनाइएको हो।

जेठमा भएको द्विपक्षीय छलफलमा प्राविधिक टोलीबीच महेन्द्रनगर, जनकपुर र विराटनगर हवाई प्रवेश विन्दु दिने विषयमा सम्झौता भएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भारतीय पक्षले 'एउटा सानो मुलुकलाई यति धेरै प्रवेश विन्दु दिएका छौं' भनेर देखाउन नेपालको लागि सबैभन्दा बढी प्राथमिकतामा रहेको प्रवेश विन्दु नदिई अन्य स्थानमा दिई षड्यन्त्र गरेको प्राधिकरण स्रोत बताउँछ।

गत जेठकै द्विपक्षीय वार्तामा भारतीय पक्षले काठमाडौं–विराटनगर, काठमाडौं–जनकपुर, काठमाडौं–जनकपुर–पटना र महेन्द्रनगर हुँदै नेपाल आउने जहाजका लागि १४ हजार फिटदेखि २४ हजार फिटको उचाईमा मात्रै प्रवेश दिने गरी सहमति गरेको थियो। सहमतिपत्रमा नेपालका तर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा एयर नेभिगेसन विभागका प्रमुख नरेन्द्रबहादुर थापा क्षेत्री र भारतीय विमानपत्तन प्राधिकरणका एयर नेभिगेसन विभागका अनिलकुमार दत्ताले हस्ताक्षर गरेका थिए।

अहिले भारतले दिने जनकपुर रुट निजगढ विमानस्थल सञ्चालनमा लागि आवश्यक हो। तर, अन्य विमानस्थलका लागि पश्चिम नेपालको नेपालगञ्जदेखि महेन्द्रनगरसम्मको कुनै एक ठाउँको प्रवेश विन्दु नेपालको आवश्यकता हो।

नेपालले भारतीय पक्षसँग पूर्वका देशबाट आउने विमान प्रवेशका लागि जनकपुर र विराटनगर विन्दु माग गर्दै आएको थियो। सोही मागअनुसार भारतीय पक्ष जनकपुर र विराटनगर प्रवेश विन्दु दिन भने सहमत भएको हो।

तर, नेपालको लागि सबैभन्दा बढी प्राथमिकतामा रहेको पश्चिमतर्फका देशबाट आउने जहाजका लागि महेन्द्रनगर प्रवेश विन्दु माग गरेको थियो।

पश्चिमतर्फकाे हवाई प्रवेश विन्दुको फाइदा के?

नेपालको पूर्वमा पर्ने देश बंगलादेश, भारतको कोलकाता, थाइल्यान्ड, सिंगापुर, मलेसियालगायतका देशबाट आउने विमान ’रोमियो-५८१’ रुट हुँदै सिमराबाट नेपाल प्रवेश गरी काठमाडौं अवतरण गरिरहेका छन्। यसैगरी, पश्चिमबाट आउने विमानले ’गल्फ-५८९’ रुट हुँदै सिमराबाटै काठमाडौं अवतरण गर्छन्। भुटानको पारोबाट आउने विमान मेची प्रवेश बिन्दूबाट छिरेर तुम्लिङटार हुँदै काठमाडौं अवतरण गर्छन्।

चीनको ल्हासाबाट आउने विमान भने ’ब्राबो-३४५’ रुट हुँदै नुनिम विन्दुबाट नेपाल छिरेर तुम्लिङटार हुँदै काठमाडौं अवतरण हुने गरेका छन्। यसैगरी, नेपालबाट पश्चिमतर्फका देश र दिल्ली जाने जहाजका लागि भने दुई वटा रुट छन्। एउटा- काठमाडौंबाट उडेर भैरहवा हुँदै निस्कने र अर्को- काठमाडौंबाट महेन्द्रनगर हुँदै बाहिरिने। तर, बढी मात्रामा जहाज महेन्द्रनगर भएर बाहिरने गर्छन्।

यसैगरी, पूर्वका देश जाने विमानका हकमा भने विराटनगर विन्दु मात्रै प्रयाेगमा आएकाे छ। नेपालबाट कोलकाता, हङकङ र कोरिया जाने जहाजले यही विन्दु प्रयोग गर्छन्। पारो जाने विमानले भने काठमाडौंबाट तुम्लिङटार हुँदै मेची विन्दुबाट बाहिरिने गर्छन्। चीनको ल्हासा जाने विमान जुन बाटो भएर आएका छन्, त्यही बाटो भएर जाने गरेका छन्।

सिमरा विन्दुको तुलनामा नेपालगन्ज प्रवेश विन्दुबाट काठमाडौं आउँदा १४ नटिकल माइल, भैरहवा आउन १ सय ६९ नटिकल माइल र पोखरा जान १ सय ६५ नटिकल माइल दूरी कम पर्छ।

प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्